प्रज्ञा एकाडेमीद्धारा १५ सय थान मास्क वितरण

0
905

भद्रपुर ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै नेपाली बजारमा मास्कको अभाव भइरहेको बेला प्रज्ञा एकाडेमी भद्रपुरले नि: शुल्क मास्क वितरण गरेका छन् ।

कोरोना भाइरसबाट बच्न मुखमा मास्क अनिवार्य लागु पर्ने अभियानमा उत्रिएका प्रज्ञा एकाडेमीले १५ सय थान मास्क वितरण गरेका हुन् । प्रज्ञा एकाडेमी, इन्टरएक्ट र बाल क्लबले संयुक्त रूपमा शुक्रवार झापाको सदरमुकामस्थित चन्द्रगढी हाटबजारमा आउने सर्वसाधारणलाई मास्क निःशुल्क रूपमा वितरण गरेको एकाडेमीका प्रिन्सिपल इशुभ पाण्डेले जानकारी दिए ।

मास्क वितरणमा विद्यालयका शिक्षक र विद्यार्थीहरूको सहभागिता रहेको थियो । बजारमा मास्कको अभाव भइरहेको बेला विद्यालयको सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी एकाडेमीले सर्वसाधारणलाई मास्क उपलब्ध गराएको उनको भनाई छ ।

भद्रपुर १० नम्बर वडा कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा एकाडेमीका प्रिन्सिपल पाण्डेले भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठलाई मास्क लगाइदिएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

मास्क वितरण कार्यक्रममा १० नम्बर वडा अध्यक्ष टेकबहादुर खड्का, नगर शिक्षा शाखाका प्रेम भुजेल, रोटरी क्लब भद्रपुरका अध्यक्ष टीकाराज ढकाल, इन्टरएक्टका अध्यक्ष अभि पाण्डे लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here