दुई रुपैयाँको लोभमा लाख रुपैयाँ गुमाउने धेरै

0
791

बिर्तामोड।

झापाको चारआलीका ढाकवहादुर राई किराना पसल सञ्चालक हुन् । उनले दाल,चामल, चिनी लगायतका खाद्य सामग्री बिक्री गर्दै आएका छन् ।

गत माघ २ गते एक व्यक्ति आएर आफू नेपाली सेनाको रासन फाटमा कार्यरत कर्मचारी भएको र सस्तोममा सामान दिन सक्ने भन्दै राईलाई प्रलोभन देखाए । बजार मूल्य भन्दा दुई रुपैयाँ कम मूल्यमा खाद्य सामग्री पाइने भएपछि राईले ति व्यक्तिलाई विश्वास गर्दै एक लाख दुई हजार रुपैयाँ दिए । सामान आउने मितिमा सामान नआएपछि उनी चारआलीस्थित प्रहरी चौकी पुगे ।

उनले प्रहरीलाई घटना विवरण सुनाउँदै श्री नयाँ श्रीनाथगण चारआलीका रासन फाटका प्रमुखले दिन्छु भनेको सामान दिएन भन्दै उजुरी दिएपछि प्रहरीले ठगी गर्ने व्यक्तिको तस्बीर देखाउदा उनी झसङ्ग भए । राई झसङ्ग हुने एउटै कारण थियो – प्रहरीले देखाएका व्यक्तिले अरुलाई पनि यसैगरी ठगेका रहेछन् ।

उनी जस्तै मोरङको ग्रामथानका रोहन भेटुवाललाई पनि ३० वोरा चिनी दुई वोरा जिरा लगायतका किराना सामग्री ल्याएदिने भन्दै एक लाख ६० हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।

आफू बाहुनी शसस्त्र वेस क्याम्पका कार्यरत प्रहरी भएको भन्दै सस्तोमा सामान ल्याइदिने भन्दै ती व्यक्तिले भेटुवाललाई ठगी गरेको बताइएको छ ।

उता धनकुट्टाका ग्यालजिङ सेर्पालाई किरानाका सामान ल्याइदिने भन्दै एक लाख ४० हजार रुपैयाँ ठगी गरेको खुलेको छ । सेर्पालाई आफू नेपाली सेनाको आर्मी क्याम्पको ठेकेदार भएको भन्दै ति व्यक्तिले दाल , चामल, चिनी लगायतका किराना सामान सस्तो दरमा ल्याइदिने भन्दै रकम लगेको पीडित सेर्पाले बताए ।

पूर्वका झापा सहित मोरङ सुनसरी धनकुट्टा इलाम लगायतका विभिन्न जिल्लामा किराना सामान सस्तो दरमा ल्याउने भन्दै ठगीमा सम्लग्न भएको आरोपमा जिल्ला प्रहरीस् कार्यालय झापाले काँकरभिट्टाबाट उनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाकोा भद्रपुर नगरपालिका १४ का ४६ वर्षीय प्रदिप भनिने राजकुमार राउत रहेका छन् ।

शुक्रवार इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गर्दै राउतले ९० जना भन्दा धेरै व्यक्रिलाई नेपाली सेना र सशस्त्र प्रहरीको मानिस हुँ भन्दै ठगी गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

सर्ब साधारणलाई विश्वासमा लिएर सस्तो दरमा सामान ल्याइदिने भन्दै ठगी गरेका उजुरी प्रहरी कार्यालयमा आएपछि डेढ महिनादेखि राउतको निगरानी बढाइएको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा राउत विहीवार झापाको मेचीनगरस्थित काकरभिट्टाको एक होटलबाट पक्राउ परेका हुन् ।

राउत पक्राउ परेसंगै ठगीएका व्यक्तिहरुले धमाधम उनी विरुद्ध उजुरी दर्ता गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए । राउतलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकोछ । उनी विरुद्ध ठगी मुद्धा ऐन अन्तरगत मुद्धा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here