झापा ।

नेपाल चिकित्सक संघ मेचीका अध्यक्ष डा. सीपी यादवले शनिवार बिर्तामोडका व्यवसायीसहित विभिन्न संघ संस्थाका पदाधिकारीलाई हात धुन सिकाएका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालसहित विभिन्न संघ संस्थाका पदाधिकारीहरुलाई राखेर बिर्तामोडस्थित वानस्टप महल अगाडि डा यादवले सावुन पानीले हात धुदै सबैलाई मिचिमिचि हात धुन सिकाएका हुन् । हात धुन सिकाउनुको एउटै उद्देश्य थियो – कोरोना भाइरस कोभिड– १९ को संक्रमणबाट कसरी बच्न सकिन्छ र अरुलाई बचाउन सकिन्छ भन्ने विषय ।
कोभिड १९ को संक्रमणबाट बच्च सिकाउने उद्देश्यले झापाका विभिन्न संघ सस्थाको अगुवाइमा बिर्तामोडका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाउँदै सबै सर्वसाधारलाई हात हुन सिकाइएको थियो । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था,बिर्तामोड उद्योग वाणिज्य संघ, बीरता जेसीज, नेपाल रेडक्रस सोसाइटी लगायतका सस्थाले बिर्तामोडका सात स्थानमा खानेपानीको धारा जडान गर्दै हात धुने व्यवस्था मिलाएको हो ।
सबै धारामा सावुन पानीको व्यवस्था गर्दै सेनेटाइजरको व्यवस्था गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिए । बिर्तामोड साना सहरी तथा उपभोक्ता संस्थाले खानेपानीको व्यवस्था मिलाएपछि अन्य संघ संस्थाले अअरु सामग्री उपलब्ध गराएको बताइएको छ ।
इलाका प्रहरी काार्यालय अनारमनीलाई ५० थान मास्क,५० थान ग्लोवस र ५० थान लामो ग्लोवस् प्रदान गरिएको थियो । सो कार्यमा रोटरी क्लव मिटटाउनले समेत सहयोग पु¥याएको खानेपानी उपभोक्ता संस्थाका सचिव मेघराज बास्तोलाले जानकारी दिए ।

यता कोरोना भाइरस ( कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लायन्स क्लब अफ अनारमनीले मास्क निःशुल्क वितरण गरेको छ । झापाको बिर्तामोडस्थित पुरानो भद्रपुर रोडमा दुई पाग्रेअटो रिक्साका सवारी चालकहरु तथा सर्वसाधारणहरुलाई सचेतनामूलक सन्देशसहित लायन्स क्लबले मास्क वितरण गरेको क्लबका अध्यक्ष शैलेन्द्र कुरुङ्बाङ्गले जानकारी दिए ।
चीनबाट विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को संक्रमणबाट सुरक्षित रहन क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत जनचेतनाका साथ करिव १ हजार ५ सय वटा मास्क वितरण गरेको क्लबका अध्यक्ष कुरुङ्बाङ्गले बताए ।
साथै लायन्सले कोभिड–१९ को संक्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउनकालागि निःशुल्क हात धुने व्यवस्था समेत मिलाएको छ । कार्यक्रममा क्लबका अध्यक्ष कुरुङ्बाङ्ग,पूर्व अध्यक्ष कृष्ण पौडेल, वोड डाइरेक्टर रविन्द्र भट्टराई, सचिव राजेश दाहाल, सह–कोषाध्यक्ष चित्रबहादुर पोखरेल, वरिष्ठ सदस्य कुमार राई,सदस्यहरु महेन्द्र घिमिरे,मिलन उप्रेती,नरेश बिष्ट, अन्जनी संग्रौला, कमलमानसिंह चौहान लगायतले संयुक्त रुपमा मास्क वितरण गरेका थिए ।
यसैबीच मारवाडी युवा मञ्चले पनि बिर्तामोडका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाएको छ ।































