राष्ट्रपति र प्रमबीच कोभिड–१९ विषयमा छलफल

0
553

काठमाडौँ,

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मुलुकको समसामयिक र विश्वभर फैलिरहेको कोभिड– १९ को जोखिम नियन्त्रण रोकथाम विषयमा भइरहेको कामकारवाही र प्रगति विषयमा विचारविमर्श भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको नियमित भेटघाटमा प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथामका लागि सरकारले चालेका कदम र भइरहेका प्रगतिका सम्बन्धमा राष्ट्रपतिलाई अवगत गराउनुभएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले कोभिड–१९ जोखिम नियन्त्रण र रोकथामका लागि जनताको हितमा प्रभावकारी कदम चालेकामा सरकारलाई शुभकामना व्यक्त गर्दै अहिले समयमा सबै एकजुट भएर एकार्कालाई सहयोग गरी अघि बढ्न आवश्यक रहेको बताउनुभएको राष्ट्रपतिका स्वकीय सचिव डा भेषराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here