झापा ।

बिर्तामोड नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्न होम क्वारेन्टाइनका लागि सबैलाई आग्रह गरेको छ ।
आइतवार नगरपालिकाले आयोजना गरेको सर्बपक्षीय भेलामा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले विश्वव्यापी फैलिरहेको कोरोना भाइसरको संक्रमणबाट बच्न सबैलाई होम क्वारेन्टाइनमा बस्न नगरवासीलाई आग्रह गर्दै भीडभाडमा नजान भनेका छन् ।
उनले बिर्तामोडमा ९० बेडको क्वारेन्टाइन निर्माण गर्न लागिएको बताए । बिर्तामोडस्थित मेची आँखा अस्पताल र कन्चनजङघा ईन्स्टिच्युट अफ हेल्थ साईन्सको भवनमा क्वारेन्टाइन निर्माण गर्ने नगरप्रमुख शिवाकोटीको भनाई छ ।
कञ्चनजङघामा ४० र मेची आँखा अस्पतालमा ५० बेड गरेर ९० बेडको क्वारेन्टाईन निर्माण गर्न लागिएको छ नगरप्रमुख शिवाकोटीले भने ।
नगरपालिका, उद्योग वाणिज्य संघ, रेडक्रस, जेसीस लगायतको सङघ संस्थाका पदाधिकारीको भेलाले बिर्तामोडको कृषिथोक बजारको भिडभाड नियन्त्रण गर्ने निर्णय गरेको छ ।
सङकटको बेला हुने सम्भावित कालोवजारी नियन्त्रण गर्नका लागि अनुगमनलाई प्रभावकारी बनाइने भएको छ । चारेतिर बाट बिर्तामोड प्रवेश गर्ने नाकामा इन्फारेड थर्मो्मिटर राखेर चेकजाककच गरिने शिवाकोटीले बताए ।
बिर्तामोडका सम्पुर्ण अस्पतालमा आइसोलेसन कक्ष बनाउन नगरपालिकाले निर्देशन दिएको छ । सम्भावित संक्रमितको उपचार गर्नका लागि आइसोलेसन निर्माणको काम शुरु गर्न अस्पताललाई अनुरोध गरिएको शिवाकोटीले बताए ।
नगरपालिकाले बिदेशबाट आउने मानिसको रेकर्ड राख्न जनप्रतिनिधिलाई सक्रिय हुन अनुरोध गरेको छ । प्रत्येक टोलबिकास संस्थालाई समेत कोरोना भाईरस नियन्त्रणका गतिविधिमा केन्द्रित हुन समेत बैठकले अनुरोध गरेको छ ।
वैठकमा योजना शाखा प्रमुख जय तिम्सिनाले नगरले गरेका निर्णय सार्वजनिक गरेका थिए । बैठककमा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नाायव उपरीक्षक मुकुन्द रिजाल, व्यवसायीहरु ओमकृष्ण्डा विमनी, शुवास भट्टराई लगायतले सुझाव राखेका थिए ।






























