मास्कको कालोबजारी गर्ने मोरङमा पक्रउ

0
532

विराटनगर ।

मोरङको विराटनगरबाट मास्कको कालोबजारी गरेको भन्दै एक ब्यक्ति पक्राउ परेका छन् ।

बजारमा अहिले मास्क अभाव भइरहेको बेला लुकाएर राखेको अवस्थामा विराटनगर ९ मा संचालनमा रहेको श्री सर्जीइम्पेक्समा भेटियो ११ हजार ३५० पिस मास्क दुई सय एमएलको दुई सय बोतल बढी सेनिटाईजर बरामद गरेको प्रहरीले जनाएको छ ।

मास्क बजारमा अभाव भइरहेको बेला कालो बजारी गर्ने राजेश अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ परेका अग्रवाल विरुद्ध अनुसन्धान भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here