कोरोनाबाट बच्न इलामका १० युवाको सामाजिक कार्य

0
967

विर्तामोड ।

विपद्को सामना सबै मिलेर गरौं, कोरोना भाइरसबाट आफूपनि बाँचौं अरुलाई पनि बचाऔं भन्ने सन्देश प्रवाह गर्दै इलामको रोङ–१ का १० जना युवाले वडाका १० स्थानमा सचेतना मुलक कार्यक्रम गरेका छन् ।

कोरोना भाइसरका कारण विश्वका विभिन्न देशमा महामारी फैलिरहेका बेला नेपालमा बेलैमा सावधानी अप्नाउन आग्रह गर्दै युवाले रोङ–१ का सिरिसे, जुरे, शान्तिपुर,सुब्बा भन्ज्याङ्ग,बडहरे, चैनपुरे, टुङ्ने, नेहित, बरभन्ज्याङ्ग र कागुनेमा हात धुने साबुन, धारा जडित बाल्टी , सेनिटाइजर ,शोप केस र सचेतना मुलक ब्यानर सहितका सचेतना मुलक कार्यक्रम गरिएको बताइएको छ ।

वडाका भक्त प्रधान, केशब दहाल, श्याम नारायण खड्का,टीका प्रधान, किशोर राई, मनोज खड्का,मिराज चाम्लिङ, बिमल कट्टेल,मनोहरी खड्का र निर्मल दहालले सामाजिक कार्य अन्र्तगत सचेतना मूलक कार्यक्रम गरेको बताएका छन् ।

विश्व नै जटिल परिवेशमा गुज्रिरहेका बेला ग्रामिण क्षेत्रमा सचेतना फैल्याउन तथा आफ्नो स्वास्थ्य प्रति सजग बनाउन युवाहरुको अहम भूमिका हुने भएकाले गाँउका हरेक क्षेत्रमा पुगेर कोरोना भाइरसबाट बच्न कार्यक्रम गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here