बिर्तामोड,
बिर्तामोड नगरपालिकामा विदेशबाट हाल सालै आएका व्यक्तिहरुको लगत संकलन शुरु भएको छ ।
बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेको अनुसार वडा नम्वर १ बाट त्यस्ता व्यक्तिहरुको पहिचान कार्य शुरु गरिएको बताउनुभयो ।
वर्डा नम्वर १ को वैठकले टोल विकास संस्थाका प्रतिनिधिको सहयोगमा प्रत्येक घरमा पुगेर लगत संकलन गर्ने निर्णय गरेको हो
विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तुलसी पोखरेलले पनि सवै वडा मार्फत यस प्रकारको विवरण संकलन भइरहेको वताउनु भयो ।
प्रहरी र जनप्रतिनिध मार्फत आएको विवरण संकलन गरी उपल्लो निकायमा पठाइने शाखा प्रमुख पोखरेलले जानकारी दिनुभयो ।
यसैबीच वडाको वैठकले अत्यावश्यक सवारी साधन समेतको आवगमनमा अवरोध खडा भएकाले टोल—टोलमा लगाइएका ढाँट हटाउन सम्वध सवैलाई आग्रह गरेको छ ।
यसैगरी वडाले दैनिक रोजी रोटी गर्ने मजदुर वर्गको समेत लगत संकलन गर्ने निर्णय गरेको वडा अध्यक्ष पाण्डेले वताउनु भएको छ ।
व्यक्ति र मजदुरको लगत संकलनका लागि ३५ वटा टोल विकास समिति मार्फत काम गर्न वताइएको छ ।
जसको लागि ५ जना जनप्रतिनिधिले सात ÷सात वटा टोल विकास संस्था भित्र काम गर्ने गरी कार्य विभाजन समेत गरीएको वताएको छ ।





























