कांकरभिट्टा ।

मेचीनगर नगरपालिका वडानम्वर ६ को आयोजनामा शुक्रबार झापाको काँकडभिट्टामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा मेचीनगरको आव्हानमा नेपाल रेडक्रस सो साईटि विर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ९ महिलासहित ५४ जनाले रक्तदान गरेको वडाध्यक्ष ललितबहादुर तामाङले बताउनुभयो ।
शिशिर दाहाल, सचिन लिम्बू सिर्जना ढकाललगायतको प्राविधिकहरूले रगत संकलन गर्नुभएको थियो । संकलित ५४ पिन्ट रगत नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा झापा शाखा,भद्रपुर विर्तामोडलाई हस्तानतरण गरिएको थियो । कार्यक्रममा दुर्लभ AB नेगेटिभ व्लड समेत संकलन भएकाे छ ।
झापामा रगत अभाव भईरहेका बेला रेडक्रसले रक्तदान कार्यक्रम आयोजना गर्न सवै संघ संस्थालाई आव्हान गरेको उपशाखा अध्यक्ष कुसुम कोईरालाले बताउनुभयो ।































