भारतबाट झापा फर्किएका एक युवकको कोरोना रिपोर्ट नेगेटिभ

0
468

भद्रपुर।

भारतबाट झापा घर फर्किएका एक युवकमा कोरोना भाइरस सङ्क्रमण परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ ।

मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा उपचाररत झापा गाउँपालिका साबिक कुमरखोद गाविस १ घर भएका १८ वर्षीय प्रवज आलमको थ्रोट स्वाब रिपोर्ट नेगेटिभ आएको हो । उनको थ्रोट स्वाब परीक्षणको नेगेटिभ भएको रिपोर्ट शुक्रवार दिउँसो आएको अस्पतालका मेसु डा. पीताम्बर ठाकुरले जानकारी दिए ।

उच्च ज्वरो र रुघाखोकी लागेका आलम चैत १८ गते आइसोलेसनमा भर्ना भएका थिए । उनको स्वाब परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । दुई साताअघि भारत विहार राज्यस्थित बहादुरगञ्जमा रहेको हजुरआमाको घरमा एक दिन बसेर ती युवक आफ्नो घर झापा फर्किएका थिए । घर आएदेखि उनलाई ज्वरो र रुघाखोकी आउन थालेपछि उपचारका लागि अस्पताल आएका थिए ।

त्यस्तै मेचीको आइसोलेसन वार्डमा कमल गाउँपालिकाका एक युवक भर्ना भएका छन् । ज्वरो र रुघाखोकी आएपछि ती युवक बिहीबार मेचीको आइसोलेसन वार्डमा भर्ना भएको अस्पतालका मेसु डा. ठाकुरले बताए । उनको पनि थ्रोट स्वाब परीक्षणका लागि धरान पठाइसकेका छौ । ती युवक पनि भारतबाट झापा घर फर्किएका हुन् ।

अहिलेसम्म मेचीमा ६ जना आइसोलेसनमा भर्ना भइसकेका छन् । तीमध्ये पाँच जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ, भने एक जनाको आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here