झापा,
पाँचथरको फिदिम नगरपालिका – ५ का वडाअध्यक्ष लीलानाथ तुम्बापोको उपचारको क्रममा आज झापाको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको छ ।

आन्तरिक रक्तश्रावका कारण वडाअध्यक्ष तुम्वापो सिकिस्त बिरामी भएपछि हेलिकप्टरबाट उपचारका लागि बुधवार साँझ अस्पताल ल्याइएको थियो । ९ एन – ए एम टी हेलिकप्टर मार्फत अस्पताल ल्याइपु¥याईएका वडा अध्यक्षको आज अपरान्ह उपचारकै क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

शरीरमा सेतो रक्तकोषको कमी भएपछि अध्यक्ष तुम्वापोको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।































