काँकरभिट्टा,
कोरोना भाइरस कोभिड १९ नियन्त्रणका लागि भएको लकडाउनका कारण खाद्यन्न अभाव देखिएको र राहत वितरण समेतको व्यवस्थापनका लागि मेचीनगर नगर कार्यपालिकाले “मेचीनगर नगरपालिका कोरोना भाइरस संक्रमण रोकथाम र राहत तथा उदद्वार कार्य सञ्चालन कार्यविधि, २०७६” स्वीकृत गरेको छ ।
सोही कार्यविधि वमोजिम खाद्यन्न अभाव देखिएका परिवारका लागि राहत प्याकेज वितरणका लागि नगरपालिकामा सम्वन्धित वडा कार्यालयबाट विवरण संकलन भईरहेको र संकलित तथ्याङ्क वमोजिम राहत वितरण गर्न नगरपालिका कार्यालयमा प्याकेजिङ कार्य समेत प्रारम्भ भईरहेको नगरपालिकाले जनाएको छ ।
उक्त कार्य विधिले राहत संकलन र वितरण प्रणालीलाई एकद्वार प्रणालीबाट मात्र कार्यान्वन गर्ने व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।
स्वीकृत “मेचीनगर नगरपालिका कोरोना भाइरस संक्रमण रोकथाम र राहत तथा उद्धा्वार कार्य सञ्चालन कार्यविधि, २०७६” वमोजिम राहत वापत नगद सहयोग गर्न इच्छुक संघ संस्था तथा व्यक्तिले मेचीनगर नगरपालिकाको नाममा रहेको ने.वै.लि. काँकरभिट्टा शाखाको प्रकोप व्यवस्थापन कोष खाता ग – छ – द्ध खाता नं. ज्ञण्टण्घण्ण्ण्ण्ण्ण्ण्ण्छण्ण्द्धण्ण्घ मा रकम जम्मा गर्न अनूरोध गरेको ५ ।
जिन्सी राहत सामाग्री वितरण गर्न इच्छुक व्यक्ति, संघ संस्थाले “मेचीनगर नगरपालिका कोरोना भाइरस संक्रमण रोकथाम र राहत तथा उदद्वार कार्य संचालन कार्यविधि, २०७६” वुदाँ नं. ४ वमोजिम “राहत पाउने व्यक्ति र असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहाय पहिचानका आधारहरु” वमोजिमका छनौट भएका परिवारलाई मात्र सोही कार्यविधीको अनुसूची – २ वमोजिम तयार गरेर मात्र सम्वन्धित वडा कार्यालयबाट स्वीकृत लिई “मेचीनगर नगरपालिका कोरोना भाइरस संक्रमण रोकथाम र राहत तथा उदद्वार कार्य संचालन कार्यविधि, २०७६” को अनुसूची – १ को फारमको प्रकृया पुरा गरी जिन्सी राहत सामाग्री वितरण गर्न गराउन र सो को लिखित जानकारी नगर कार्यपालिका कार्यालयमा गर्न गराउन सवैमा अनुरोध गरेको कारोना भाइरस संक्रमण रोकथाम र राहत तथा उदद्वार कार्य सञ्चालन समिति सचिव अनन्तप्रकाश वस्तीले बताए
वस्तीका अनुसार राहत सामाग्रीको मापदण्ड चारजनासम्मको परिवारका लागि ःचामल १० के.जी., दाल २ के.जी., आलु ३ के.जी., नुन १ के.जी. र तेल आधा लिटर तथा पाच वा सो भन्दा वढीको परिवारका लागि चामल १५ के.जी., दाल २ के.जी., आलु ३ के.जी., नुन १ के.जी. र तेल आधा लिटर कायम गरिएको छ ।































