विश्वभर मै विभेदको शिकार महिला फुटबल !

0
1446

नमीन ढकाल

 

विश्वको सवैभन्दा चर्चित खेल फुटबल । २०९ वटै देशमा यसको क्रेज उत्तिकै छ । तर अन्य क्षेत्रमा झै महिला र पुरुषबिचको विभेद पनि उस्तै छ । महिला र पुरुष टिमलाई दिने सुविधा र तलबभत्ता मात्र होइन पुरस्कार राशीमा पनि विभेद रहेको छ ।

लगानी अनुसारको प्रर्दशनलाई हेर्ने हो भने नेपालको फुटबलमा पुरुष भन्दा महिला फुटबलमा दक्षिण एसियामा अब्बल छ । दक्षिण एशियाली खेलकुद सागमा नेपाली महिला टिम अहिलेसम्म पदकविहीन हुनु परेको छैन । अझ भन्नुपर्दा नेपाली महिला फुटबल टिम दक्षिण एसियाली खेलकुद र महिला साफ च्याम्पियनसिपमा विजेता बन्न नसकेपनि फाइनल खेल खेल्ने टिम हो । नेपाली महिला टिमले सागमा तीन पटक रजतपदक तथा ५ मध्ये ४ वटा महिला साफ च्याम्पियनसिपमा तीनैपटक रजत पदक दिलाएको थियो । भारतमा भएको हिरो गोल्डकप र र्किगिस्तानको नायज्दा कपको उपविजेता टोली हो नेपाली महिला फुटबल टिम । अर्थात १० बर्षको अवधीमा महिला टिमले १० वटा उपबिजेता ट्रफी देशमा भित्र्याएको छ । जबकी पुरुष फुटबल टिमले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलसम्म पुग्न सकेको छैन । सागमा भने ३६ बर्षको अवधीमा फुटबल तर्फ ४ स्वर्ण, २÷२ रजत र कास्य पदक प्राप्त गरेको छ । सन २०१६ को बंगवन्धु कप र सोलिडारिटीमा नेपाल पहिलो बन्यो । पुरुष टोलीलाई दक्षिण एसियाका ६ वटै देशले हराउने सार्मथ्य राख्छन् । महिला फुटबलमा नेपालको प्रतिद्धन्द्धी भारत मात्र हो । भारत बाहेकका टोलीले अहिलेसम्म नेपाली महिला टिमलाई हराउन सकेको छैन् ।
पुरुष र महिलालाई सम्मानजनक सुविधा हुनुपर्ने महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारीको तर्क छ । ‘तलवमात्र होइन अन्य सुविधामा महिला खेलाडीलाई बिभेद छ ’ उनी भन्छिन, ‘पुरुषको विभिन्न प्रतियोगिता आयोजना गरिन्छ र टोलीलाई व्यस्त बनाइन्छ । तर हामीले एउटा खेल खेल्न बर्षौं कुर्नुपर्छ । धन्न आर्मीले बर्षैपिच्छे प्रधानसेनापती कप आयोजना गर्छ नत्र भने त एउटै प्रतियोगिता नखेली बर्ष वित्ने रहेछ ।’

िअखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टोलीका सदस्यलाई मासिक भत्ता उपलब्ध गराउँछ । पुरुष टोलीका खेलाडीले मासिक १५ हजार पाउँछन् । महिला टोलीका खेलाडीले भने मासिक १० हजार मात्र पाउँछन् । त्यो पनि गत बर्ष ७ हजारबाट बढाएर बनाइएको हो । महिला फुटबलरमाथी विभेद नेपालमा मात्र होइन विश्वभरमा नै हुने गरेको तथ्यहरुले देखाउँछ । सन २०१९ को महिला विश्वकप विजेताले अमेरिकाले ट्रफीसँगै ४० लाख अमेरिकी डलर हात पारेको छ जुन सन् २०१५ मा प्राप्त गरेको पुरस्कारभन्दा दोब्बर हो  । यदपी यो पुरस्कार पुरुष फुटबलको विश्वकपसँग तुलना गर्ने हो भने अत्यन्तै न्यून हुन्छ । विश्वकप २०१८ को च्याम्पियन फ्रान्सले ३ करोड ८० लाख डलर हात पारेको थियो । पुरुष विश्वकपको समुह चरणबाटै बाहिरिने देशले समेत ८० लाख डलर प्राप्त गर्छ । जुन महिला विश्वकपको बिजेताले पाउनेको दोव्वर नै हो । अमेरिकी म्यागजिन फोब्सले सन २०१७ मा प्रकाशन गरेको तथ्यांकले महिला र पुरुष बिचको असमानतालाई प्रष्ट पार्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here