अब यसरी हुनेछ एसईई परीक्षा

0
701

 

झापा,

कोरोना भाइरस कोभिड–१९० को संक्रमण फैलिरहेका बेला सरकारले विद्यार्थीहरुको फलामे ढोका मानिने एसईई परीक्षा स्थगित गरेको थियो । अनिश्चित समयका लागि स्थगित गरिएको परीक्षा कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारबाट जारी गरिएको लकडाउन पूर्णरूपमा खुलेपछिपनि कम्तिमा दुई साता समय दिएर परीक्षा घोषणा गर्ने सरकारको तयारी छ । लकडाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्र परीक्षा गराउने विषयमा सरकार निचोडमा पुगेको छ । माध्यमिक शिक्षा परीक्षा ९एसईर्ई० का लागि तयारी यसअघि नै पूरा भएकाले अब सरकालाई घोषणा गर्न मात्र बाँकी छ । तर परीक्षार्थीहरु विभिन्न ठाउँमा छरिन पुगेकाले आफ्नो परीक्षा स्थलमा पुग्न र केही दिन त्यहाँको वाताबरणमा घुलमिल हुन समेत समय पाउँनेगरी केही ढिला गरेर परीक्षा गर्ने तर्कमा मन्त्रालय सहमत छ ।

यसैले राष्ट्रिय परीक्षा बोर्डले लकडाउन पूर्णरुपमा खुलेर जनजीवन पूर्ववत अवस्थामा फर्केपछि मात्र परीक्षा गरिने जानकारी दिएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण चैत ६ गतेबाट सञ्चालन हुनुपर्ने एसईई परीक्षा हाल स्थगनको अवस्थामा छ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले विना कुनै शर्त लक डाउन खुलेपछि एसईईको नयाँ परीक्षा तालिकाका बारेमा जानकारी दिइने बताउनुभयो । विद्यार्थीलाई दुई साताको समय दिएर मात्रै परीक्षा गरिने उहाँको भनाइ छ ।

एउटा परीक्षा केन्द्रमा तीन सय जनासम्म विद्यार्थी परीक्षामा सहभागी हुने भएकाले भयरहित तरिकाले परीक्षा सञ्चालनका लागि जनजीवन सामान्य अवस्थामा आउनुपर्ने उहाँको भनाइ छ । अहिलको अवस्थामा भने कहिले परीक्षा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा केही भन्न नसकिने उहाँले बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । कगदकअचष्दभ मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल ९घण्टि० मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

कोरोना आशङ्का गरिएका नौको रिपोर्ट नेगेटिभ स् सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब टेष्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको नौ जनाकै परीक्षण रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा चुमनलाल दासले जानकारी दिनुभयो ।

भारतका विभिन्न ठाउँबाट जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका आठ तथा गत चैत्र ४ गते फ्रान्सको विमानमा नेपाल फर्केका तिलाठी कोइलाडी गाउँपालिकाका एक गरी नौ जनाको स्वाब परीक्षणका लागि धरान पठाइएको थियो । वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा रणजितकुमार झाको नेतृत्वमा सबै जनाको स्वाबको नमूना सङ्कलन गरिएको थियो । परीक्षण रिपोर्ट नेगेटिभ आएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु डा दासले बताउनुभयो ।

यस्तै भारतको दिल्लीमा सम्पन्न धार्मिक कार्यक्रम निजामुद्दिन जमातबाट फर्किएका सिरहाका आठ जनालाई शुक्रबार सिरहा प्रहरीले क्वारेन्टाइनमा पठाइएको छ । कार्यक्रम सकेर गत मङ्गलबार मध्यराति घर फर्किएका आठै जना स्वास्थ्य जाँच नगराई सिधैँ घर पुगेका थिए । इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख जनक पुरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सबैलाई घरबाटै नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको जनाइएको छ । हालसम्म सिरहाको गोलबजारस्थित क्वारेन्टाइनमा २५ जना रहेको क्वारेन्टाइनका इञ्चार्ज निरन्जन सिंहले जानकारी दिनुभएको खवर जनबोली अनलाइन पोर्टलमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here