कार्यक्रम सञ्चालन गर्दा स्टुडियोमै बच्चा जन्मिएपछि…..

0
764

झापा,

सामान्यतयाः बच्चा अस्पतालमा जन्मने गर्छ । तर कतिपय अवस्थामा विमान भित्र वा सार्वजनिक यातायात जस्तै, रेल, वा बस भित्र पनि बच्चा जन्मन सक्छ । तर कार्यक्षेत्रमा सामान्य रुपमा हेर्दा बच्चा जन्मेका घटना कम नै हुन्छन् । यस्तै एक चकित पार्ने घटना अमेरिकामा भएको छ । यहाँको एक रेडियो कार्यक्रम प्रस्तोताले रेडियो कार्यक्रम चलाउँदा चलाउँदै बच्चा जन्माएको खबर आगोजस्तै फैलिएको छ ।

अमेरिकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्राक्टरले लाइभ कार्यक्रम चलाउँदै गर्दा बच्चा जन्माएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । उनले बच्चा जन्माउँदै गरेको प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको समाचारमा उल्लेख छ । कार्यक्रम चलाउने क्रममा नै उनको प्रसव पिडा सुरु भएको थियो । उनलाई तत्काल अस्पताल लगिायो । यो आफ्नो लागि एक शानदार अनुभव भएको उनले बीबीसीसँगको कुरामा अनुभव साझा गरेकी छिन् ।

सुत्केरी हुने भनेर डाक्टरले दिएको मितिभन्दा पहिले नै प्रसव पीडा सुरु भएको र अचानक कार्यक्रमको पनि तयारी गर्नु परेको बताइएको छ । अर्को रोचक के भने, जन्मिएको बच्चाको नाम रेडियोका स्रोताहरुले नै जुराई दिए । बच्चाको नाम जेमसन राखिएको छ । बच्चाको नाम के राख्ने भनेर रेडियोमा भोटिङ गरिएकोमा सबैभन्दा धेरै स्रोताहरुले रोजेको नाम नै बच्चाको नाम भएको हो । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here