झापा, नेपालमा कोरोना भाइरसका संक्रमित बढेसंगै सरकारले लक डाउनलाई अझ कडाई गरेको छ ।
सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले लकडाउनलाई अझ कडाइ गर्न लागेको बताएका छन् ।
उनका अनुसार अब एउटा गाउँपालिकाबाट अर्को गाउँपालिकाको आवागमन रोक्ने सरकारले निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। अपरान्ह सवा ४ बजेदेखि बसेको मन्त्रिपरिषद् बैठकले एक स्थानीय तहदेखि अर्को स्थानीय तह, एउटा जिल्लादेखि अर्को जिल्ला र एउटा प्रदेशदेखि अर्को प्रदेशसम्म आवातजावतमा पूर्ण रोक लगाउने निर्णय लिएको हो ।
































सहि लाग्यो यो निर्णय तर ग्रामिण क्षेत्रहरू र राजमार्ग देखि दक्षिणी क्षेत्रहरूमा अवस्थित भारतसग जोडिएका उत्तर दक्षिण बाटो र गल्लिहरुबाट आजभोली बेलुकाको समयमा मोटरसाइकल तथा अन्य सवारिसाधन द्वारा हुनेगरेको निर्धक्क र स्वतन्त्र आवागमनको पनि नियन्त्रण गर्न सके कोरोनाको रोकथाम अझै प्रभावकारी हुनेथियो कि!