राष्ट्रिय युवा संघले माईमा कोरोना भाईरस सम्बन्धि सचेतान कार्यक्रम गर्दै: वडा वडामा नागरिकको स्वास्थ्य अबस्थाको जानकारी लिदै

0
1071

विमल दहाल,

माई इलाम,
राष्ट्रिय युवा संघ माई नगर कमिटी इलामले कोरोना भाईरस सम्बन्धि सचेतना कार्यक्रम माईमा सम्पन्न गरेको छ ।
संघले नगरका दश वटै वडामा नागरिकको स्वास्थ्य अबस्थाको जानकारी लिदै सचेतना कार्यक्रम सञ्चालन गरेकोे बताईएको छ । माईका सबै वडामा बिदेशबाट आएका ब्याक्तिहरुको लगत संकलन गरेको छ । उनीहरुलाई स्वास्थ्य समस्या रहे तुरुन्त सहयोग गर्ने गरि संयन्त्र बनाईएको युवा संघका नगर संयोजक कुमार लिम्बुले बताँउनु भयो । राष्ट्रिय युवा संघ माई नगर कमिटीले वडा अन्र्तगत राहात तथा स्वास्थ्य सामाग्री प्रदान गर्न चार सदस्यीय वडा कमिटि समेत बनाईएको संयोजक लिम्बुले जानकारी दिनुभयो । संघले माईका वडा वडामा साबुन, सेनीटाईजर, थर्मोमिटर लगायतका सामाग्री बितरण गरेको छ भने सचेतना सम्बन्धि माईकिङ्ग समेत गरेको संयोजक लिम्बुले जानकारी दिनुभयो ।

माईका युवाहरुले स्वत स्र्फुत राहात बाडे

माई नगरपालिका वडा नम्बर २ र ४ का युवाहरुले स्वत स्र्फुत राहात बितरण गरेका छन ।
युवाहरुले नागरिकहरुलाई लकडाउनका समयमा संकट भएको भन्दै स्वत स्र्फुत रकम संकलन गरि खाध्य सामाग्री बाडेका हुन । अति बिपन्न माई २ र ४ का तीस परिवारलाई शुक्रबार चामल, दाल, साबुन, तेल लगायतका सामाग्री बाडेको स्थानीय युवा केशब दहालले बताए ।
लामो समय लकडाउन हुदा मजदुर र ज्यालादारी गर्ने परिबारमा खाध्य संकट भएको र कुनै निकायबाट हाल सम्म सहयोग नभएको बताँउदै सहयोग गरिएको उनीहरुले बताएका छन । बाँकी बिपन्न परिवारलाई शनिबार पहिचान गरि बितरण गरिने उनीहरुले बताएका छन ।
स्थानीय सोयाक मोर्डल एकाडेमीबाट दशहजार, मगर जेठा होटलबाट पाँच हजार, युवाहरु नबिन अधिकारी, केशब दहालबाट पाँच–पाँच हजार र अन्य स्थानीयहरुबाट संकलित करिब पचाँस हजारबाट राहात संकलन गरिएको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here