नेकपा भद्रपुर नगर कमिटीद्धारा विपद् व्यवस्थापन कोषमा ५१ हजार १५१ रुपैयाँ सहयोग

0
701

भद्रपुर ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भद्रपुर नगर कमिटीले भद्रपुर नगरपालिकाको विपद् व्यवस्थापन कोषमा ५१ हजार १५१ रुपैयाँ सहयोग गरेका छन् ।

कोरोना भाइरस (कोभिड- १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनमा विपन्न समुदायलाई राहत वितरण गर्न स्थापना गरिएको नगरको कोषमा नेकपा भद्रपुरले उक्त रकम सहयोग गरेका हुन् ।

नेकपाका नगर अध्यक्ष शिवकुमार राजभण्डारीले सो रकम बराबरको चेक नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । त्यसपश्चात् मेयर श्रेष्ठले सो रकमको चेक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठलाई जिम्मा लगाएका थिए ।

हस्तान्तरण कार्यक्रममा नगरका उपमेयर चन्द्रामाया श्रेष्ठ, क्षेत्रीय इन्चार्ज पुष्पराज पोखरेल, सह इन्चार्ज डिल्ली घिमिरे, नगर इन्चार्ज असारु राजवंशी, सह इन्चार्ज नरेश सन्जेल, जिल्ला सदस्य खगेन्द्र पराजुली, सचिव ब्रह्मलाल ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाले लकडाउनको अवधिमा नगर क्षेत्रका असहाय तथा विपन्न परिवारलाई उपलब्ध गराउँदै आएको राहत स्वरूपको खाद्यान्न वितरण एकद्धार प्रणालीबाट हुनुपर्ने भएकोले सोही बमोजिम कोषमा रकम जम्मा गरिएको नगर अध्यक्ष भण्डारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here