काँकरभिट्टा खानेपानीले दिईयो एक लाखबढी रुपैयाँ

0
698

काँकरभिट्टा,

विपद् जोखिम न्युनिकरण तथा व्यवस्था ऐन , २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित मेचीनगर विपद् व्यवस्थापन समितिमा धमाधम रकम जम्मा गर्ने क्रम बढेको छ ।

समितिमा अहिलेसम्म ६ लाख ३३ हजार रुपैयाँ जम्मा भएको छ । मंगलबार काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले नगरपालिकाको कोषमा नगद १ लाख तथा आफ्नो क्षेत्रमा पर्ने विभिन्न ५ वटा वडामा नगद रकम सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष हर्कबहादुर फियाक, कोषाध्यक्षक दिलीप सुवेदीले उक्त रकम बराबरको चेक नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई संयुक्तरुपमा उक्त रकम हस्तानतरण गर्नुभएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो ।

अध्यक्ष फियाकका अनुसार संस्थाले वडानम्बर ३ मा ८५ जना आफ्ना सदस्य रहेको भन्दैं नगद ५ हजार, ५ मा ६ सय ४ जना सदस्यलाई नगद १० हजार, ६ मा ३ हजार ३ सय ८४ सदस्यमा ५५ हजार ७ मा १ हजार १ सय ६३ सदस्य भन्दैं १५ हजार तथा वडानम्बर ८ मा ६ सय २२ जना सदस्य रहेपनि १५ हजार रुपैयाँको घोषणा गरेको छ ।

नोवल कोरोना भाइरस कोभिड १९ बाट बच्न गरिएको लकडाउनमा विपन्नले खाद्यान्नको अभावमा भोकभोकै बस्न नपरोस् भन्ने ध्येयले विभिन्न संघ संस्थाहरुले समितिमा रकम जम्मा गर्न थालेका हुन् ।

झापाको मेचीनगर नगर स्तरीय विपद् व्यवस्थापन कोषमा यसअघि मेची उद्योग बाणिज्य संघले नगद २ लाख १ हजार , स्थानीय व्यवसायी तथा संघका उद्योग उपाध्यक्ष क्षेत्रीले आफ्नो व्यक्तिगतरुपमा कोषमा २१ हजार, विर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था र सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिडेटले ५०÷५० हजार, भानु वहुमुखी सहकारी संस्था लि. मेचीनगर— १० ले ५० हजार, मेचीनगर वचत तथा ऋण सहकारी संस्था लि. मेचीनगर— ९ ले ५१ हजार र निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेचीनगरले ५० हजार तथा हिमालय अंग्रेजी एकाडेमी तथा हिमालयन मल्टिपल कलेज धुलावारीले नगद ३० हजार रुपैयाँ प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here