भद्रपुरको विपद व्यवस्थापन कोषमा झापा उद्योग संघको एक लाख, रोटरीले दियो साढे २२ क्विन्टल चामल

0
960

 

भद्रपुर,

नोभल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला समस्यामा परेका विपन्न समुदायलाई राहत वितरण गर्न झापाजिल्ला उद्योग संघ र रोटरी क्लव अफ भद्रपुरले सहयोग गरेको छ ।


भद्रपुर क्षेत्रका विपन्न परिवारलाई राहत उपलब्ध गराउन भद्रपुर नगरपालिकाको विपद व्यवस्थापन कोषमा झापा उद्याग संघले एक लाख रुपैयाँ नगद सहयोग गरेको छ भने रोटरी क्लव अफ भद्रपुरले एक लाख मूल्य बराबरकै चामल सहयोग गरेको छ । रोटरीले २२५० केजी चामल सहयोग गरेको हो ।
मंगलबार झापा उद्योग संघ तथा रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष टिकाराज ढकालले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्दा्र श्रेष्ठलाई नगद तथा खाद्य सामग्री हस्तान्तरण गर्नुभयो ।
रहत रमक तथा चामल हस्तान्तरण गर्दा झापा उद्योग संघका वरिष्ठ उपाध्यक्ष यमबहादुर श्रेष्ठलगायत भद्रपुर क्षेत्रका उद्योगी एवम् रोटरी क्लव अफ भद्रपुरमा आबद्ध रोटरियनहरुको उपस्थिति थियो ।
लकडाउनले दैनिक ज्यालादारी गर्ने मजदूर र अत्यन्त विपन्न परिवारमा खानेकुराकै समस्या उत्पन्न भएकोले पहिलो चरणमा राहत वितरण गरिएको जानकारी दिँदै लकडाउन लम्बिएकोले दोस्रो चरणमा पनि राहत वितरण गर्नुपर्ने आवश्यकता देखिएकोले उद्योग संघ र रोटरीले गरेको सहयोगले राहत वितरणमा सहजता थपिदिएको उल्लेख गर्नुभयो ।
नगरप्रमुख श्रेष्ठले राहत वितरण दोहोरिनसक्ने सम्भावना भएकोले एकद्वार प्रणलीबाट वितरणको व्यवस्था गर्न लागिएको बताउँदै सहयोग गर्न चाहनेले नगरपालिकासँग समन्वय गर्न पनि आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here