प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

0
489

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले मोदीसँग शुक्रबार आफ्नो टेलिफोन वार्ता भएको ट्वीटरमार्फत जानकारी दिएका हुन् । संवादका क्रममा कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सहमति भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

यस्तै लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिइएको पनि ओलीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here