कोरोना सन्त्रास

0
826

जन्मियो कालरुपी कोरोना भाइरस
चीनको वुहान गाउँमा
सोचेन कसैले विश्वव्यापी बनेर
फैलिन्छ यो संसारमा
फैलियो कोभिड(ज्ञढ नामले यो
संसार छोपेर गयो
ठूला ,साना,धनी ,गरीब को?
कसैलाई नछाड्ने भयो
राजा,मन्त्री ,डाक्टर,नर्स
राखेन कलाकार पनि
सब संसार रूवाइ गर्दैछ मोज
दुष्ट महाकाल बनी
संसारका ती साम्राज्यहरुलाई
यसले टेकायो घुँडा
न अहिलेसम्म बन्न सके औषधी केहि
न टेर्छ तरबार खुँडा
कसलाई लाग्छ र मर्न मन सहजै
सबका घर परिवार छन्
आशा कतैबाट नियन्त्रण होला भन्यो
दिनानुदिन फैलिँदैछ झन्
यस्तो विषम परिस्थितिमा
हिम्मत नहारौँ सब
लकडाउनको पालन गर्न सके
मात्रै जितिन्छ अब
बसौं घर ,कोठा जहाँ छौं
जो जो जे जे हालमा
जानी जानी नियम उलंघन गरे
पर्छौँ भाइरसको कालमा
पिउँ पानी प्रशस्त ,सफा रहौँ
धोऔँ हात साबुनपानीले
राख्यौं सोच सधैं सकारात्मक भने
जित्छौँ रोगलाई हामीले
गरौं स्वच्छ मनले सबै मिली
विश्व शान्तिको कामना
साथ दिन्छन् ईश्वरले पनि सधैं
दीन दुखीको पुकारमा

बिष्णु निरौला (आचार्य )
बरबोटे, फिक्कल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here