‘कलब्याक टोन’ बेवास्ता गर्दा प्रहरी परिचालन

0
1047

विनोद सापकोटा
झापा,
छिमेकी पालिका गौरिगञ्जका स्थानीयले नेपाल टेलिकम र एनसेलको ‘कलब्याक टोन’ लाई नटेरेपछी भारतबाट छिर्ने नाकामा लक गर्न शिवसताक्षीले गृहकार्य शुरु गरेको छ ।


दुईसाता देखी सरकारी र निजी सेवा प्रदायक मोवायलमा लकडाउनको पालना गर्न अनुरोध गरिएको छ । तर, सर्वसाधरणले मोवायलको ‘कलब्याक टोन’लाई सुनि सुनि नटेरेको शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले बताए ।
गौरिगञ्ज गाउँपालिकाको अधिकांश वडा भारतसंग जोडिएका छन् । भारतमा कोरोनाको संक्रमित संख्या दिनहुँ बढ्न थालेपछी नेपालका नाका लक गर्नुको विकल्प नभएको नगरप्रमुख शेर्माले बताए ।

‘हामीले पटक पटक हरेक माद्यमबाट लकडाउनका बेला घर भित्र बस्न अनुरोध गर्यौ तर हाम्रो अनुरोधलाई स्थानीयले एक कानले सुनेर अर्को कानले उडाइदिनु भयो । हाम्रो सूचनालाई बेवास्ता गरे पनि मोवायलको ‘कलब्याक टोन’ त कारोनाबाट बच्ने उपायकै बारेमा बज्छ, त्यो त आमनेपालीले सुनेका छन् नी रु तर सर्वसाधरण टेर्ने पक्षमा छैनन् ।’ नगरप्रमुख शेर्माले कोरोनाको कारण हुन सक्ने जोखिम नियन्त्रणका लागि शसस्त्र प्रहरीको टोली होकलबारीमा राखिने बताए । गौरिगञ्ज गाउँपालिका वडा नम्बर १ को ईन्द्रेणी प्राथमिक विद्यालयमा ७ जनाको टोली शुक्रबारदेखी तैनाथ गरिने छ ।

खुला सिमाका कारण नेपाल पस्न भारतीयलाई सजिलो भएकोले अब सबै स्थानीय सरकारले आफ्नो पालिका ‘लक’ गर्नुको विकल्प छैन ।
सिमा नजिकका नेपालीले भारतीयलाई लुकाई राखेको खबर जिल्ला प्रहरी कार्यालयलाई पनि छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जिल्लाका सबै नाकामा उच्च निगरानी बढाएको बताए । उनले प्रहरी निरीक्षकको नेतृत्वमा गौरीगञ्जको कोरोबारी, झापा गाउपालिकाको टाघनडुब्बा र कचनकवलको पथरीयामा अस्थाइ प्रहरी पोष्ट राखिएको बताए ।

झापामा सिमा केन्द्रित सुरक्षाकर्मीको संख्या पनि जिल्ला प्रहरी कार्यालयले बढाएको छ । त्यसका लागि १५० जना सुरक्षाकर्मी परिचालित छन् । शसस्त्र प्रहरीले पनि १०० जना सुरक्षाकर्मी परिचालित गरेको छ । प्रहरीका अनुसार लकडाउनको अटेर गर्नेलाई क्वारेन्टाइनमा राखिने छ ।
झापा प्रहरीले भारतीय सिमा नाकाका नेपाली बस्तीमा सिमा निगरानी समिति पनि गठन गरेको छ । सो समितिको काम सूचना संकलन गरेर प्रहरीलाई दिनु र नेपाल पस्न लागेका भारत लगायत तेश्रो मुलुकबाट आउनेलाई धपाउनु हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here