कोरोना व्यवस्थापन राहत कोषमा प्याब्सनको सहयोग

0
1042

शिवसताक्षी,
निजी विद्यालयहरुको सङ्गठन प्याब्सनले झापाको शिवसताक्षी नगरपालिकाको विपत ब्यबस्थापन कोषमा १ लाख १ हजार १११ रुपैयाँ जम्मा गरेको छ ।


शिवसताक्षी नगरमा रहेका निजी विद्यालयहरुको छाता संगठन प्याब्सन नगर समितिले कोषमा रकम जम्मा गरेको प्याब्सन शिवसताक्षी नगरसमितिका अध्यक्ष अमृतकुमार तिम्सीनाले बताए । शिवसताक्षी नगरमा कम्तिमा २५ निजी विद्यालय छन् ।

प्याब्सन नगर समितिले शुक्रबार शिवसताक्षी नगरपालिकाका नगरप्रमुख चन्द्रकुमार शेर्मालाई सो रकम हस्तान्तरण गरेका हुन् । प्याब्सन झापाका सल्लाहकार समितिका सदस्य टंक अधिकारी, जिल्ला समितिका सदस्य डम्बर खड्का, प्याब्सन नगर समितिका उपाध्यक्ष राम सुहाङ्ग, सचिव डिगम पराजुली लगायतको टोलीेले रकम हस्तान्तरण गरेको हो ।
यस अघि रेडरोज ईलिंस बोर्डिङ्ग स्कुलले नगद १० हजार कोषमा जम्मा गरेको थियो ।
विश्व नै कोरोनाको कारणले भयावह अवस्थामा पुगेको कारण मुलुकलाई सहयोग गर्नु आफूहरुको पनि दायित्व भएकोले नगरपालिकाको विपत कोषमा रकम जम्मा गरेको प्याब्सन शिवसताक्षीका अध्यक्ष अमृतकुमार तिम्सिना ले बताए ।
सेभेनसिज र ओएसिस ईंलिस बोर्डिङ स्कूलको नगद १४ हजार प्याब्सन झापाका सदस्य डम्बर खड्कालाई बुझाउदै सेभिनसिजका कार्यकारी प्रमुख उदयप्रकाश राई । तस्वीर ÷वेलकम सताक्षीधाम
प्याब्सन नगरसमितिका अध्यक्ष अमृतकुमार तिम्सिना नगरप्रमुख चन्द्रकुमार शेर्मालाई नगद बुझाउदै तस्वीर ÷ गणेश अधिकारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here