एकद्धार प्रणालीबाट मात्रै राहत वितरण गर्न मेचीनगर नगरपालिकाको आग्रह, अटेर गरे कारबाही गरिने

0
1193

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथाम तथा व्यवस्थापन राहत र उद्घार सञ्चालन तथा कार्यान्वयन समिति सचिवालय मेचीनगरको शुक्रबार सम्पँन्न बैठकले सवै वडा समितिको कार्यालयलाई नेपाल सरकार र नगरपालिकाको सुचना विपरित वडा भित्र वडा समितिको स्वीकृति नलिई राहत वितरण गर्ने कूनै पनि संघ संस्था, समूह र व्यक्तिलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन इलाका प्रहरी कार्यालय, नगर कार्यपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा लिखित जानकारी गराउनुपर्ने निर्णय गरेको छ ।

बैठकले सवै वडा समितिको कार्यालयलाई तोकिएको मापदण्ड वमोजिम मात्र राहत वितरण गर्न र मापदण्ड विपरित कहि कतै राहत वितरण भएको भए तत्काल सच्चाउन र वितरण हून वाकी रहेको स्थानमा मापदण्ड वमोजिम मात्र खाद्यन्न राहत वितरण गर्न गराउन समेत निर्देशन गरेको छ । विभित्रत्रन्न संत्रघ संसस्था, समूह र व्यक्तिबाट समेत राहत वितरण भएको विषय वैठकमा समिक्षा गरियो भने कार्यान्वयनमा देखिएका सवालहरुलाई विधि र प्रकृया अवलम्बन गरी खाद्यन्न राहत वितरण प्रकृयालाई प्रभावकारी र व्यवस्थित वनाउने निर्णय समेत बैठकले गरेको छ ।

सवै वडा समितिको कार्यालयलाई वडा भित्र खाद्यन्न राहत (जिन्सी सामाग्री) उपलब्ध गराउन इच्छुक संघ संस्था, समूह र व्यक्तिबाट रेकर्ड राखेर मात्र (जिन्सी सामाग्री) वूझ्न र नगद रकम वूझाउन चाहनेका लागि नगर कार्यपालिकाको प्रकोप व्यवस्थापन कोषमा मात्र जम्मा गर्ने व्यवस्था मिलाउन साथै यस अघि नगद रकम लिएको भए सो समेत कोषमा जम्मा गर्न जानकारी गराउने , टोल विकास संस्था मार्फत सिफारिस भएका वा वडा स्तरीय समन्वय समितिबाट निर्णय भएका वाहेक अन्य व्यक्ति वा परिवारलाई राहत वितरण नगर्ने नगराउने ।

स्थलगत अवस्थामा हेर्दा राहत उपलब्ध गराउनू पर्ने अवस्था देखिए प्रकृया पूरा गरेर मात्र राहत उपलब्ध गराउने ,सवै वडा समितिको कार्यालयलाई वडा भित्र हालसम्म वडा कार्यालयले खाद्यन्न वितरण गरेका परिवार, अन्य संघ संस्था र व्यक्तिबाट खाद्यन्न वितरण गरेका परिवारको समष्टिगत विवरण २ दिन भित्र सफ्टकपी सहित कार्यालयमा पेश गर्न जानकारी गराउनेलगायतका निर्णय भएको छ ।

कोरोना भाइरस कोभिड १९ संक्रमण नियन्त्रणका लागि भएको लकडाउनका कारण खाद्यान्न अभाव देखिएको असंगठित क्षेत्रका श्रमिक परिवार, विपत्र तथा असहाय परिवारका लागि मेचीनगर नगर कार्यपालिका कार्यपालिकाको तर्फबाट ३० लाख रुपैयँँको राहत सामाग्री खरिद गरि वडा समितिलाई उपलब्ध गराइएको र वडा समितिले टोल विकास संस्था मार्फत वितरण गरेको, यसै गरी नगर कार्यपालिकाको निर्णय वमोजिम “मेचीनगर नगरपालिका कोरोना भाइरस संक्रमण रोकथाम र राहत तथा उद्घार कार्य सञ्चालन कार्यविधि, २०७६” वमोजिमको राहत मापदण्ड र स्वीकृत दररेटका आधारमा प्रत्येक वडालाई सम्वन्धित वडाको वडास्तरीय वजेटबाट ३ लाख रुपैयाँसम्मको खाद्यन्न राहत वितरण गर्न अधिकार प्रत्यायोजन गरिएको वैठकमा जानकारी गराइएको थियो ।

यस नगर कार्यपालिकाले सञ्चालन गरेका क्वारेन्टाइन स्थलमा स्वास्थ्यकर्मीले पू¥याएको सेवाको विवरण, उपलब्ध गराइएको खाद्यन्नको विवरण, उपलब्ध गराइएको र प्रयोग भएको सूरक्षा सामाग्री, औषधीको विवरण तयार गरी पेश गर्न क्वारेन्टाइन सञ्चालन भएका सम्वन्धित वडाका वडा अध्यक्ष र विपद व्यवस्थापन समितिका संयोजकलाई जिम्मेवारी प्रदान गर्ने , कारोना भाइरस कोभिड १९ संक्रमण नियन्त्रणका लागि भएको लकडाउन अवधिभर नगर भित्र खाद्यन्न अभाव हून नदिन यस नगर भित्र सञ्चालनमा रहेका खाद्य उद्योगहरुलाई न्युनतम २ महिनाको खाद्यन्न मौज्दात राख्नलाई अनूरोध गर्ने , लकडाउनको अवधि बढेको अवस्थामा राहत वितरण सम्वन्धि कार्ययोजनाको वारेमा आगामी वैठकमा छलफल गर्न तथा साविक कार्य विधी संशोधनका पक्षमा समेत मस्यौदा पेश गर्न कार्यालयलाई निर्देशन दिने र नगर कार्यपालिकामा पेश गरी स्वीकृत भए अनूसार हून बैठकले निर्णय गरेको छ ।

कारोना भाइरसकोभिड १९ संक्रमण नियन्त्रण प्रयोजनका लागि तारापूञ्ज वचत तथा ऋण सहकारी संस्थाको नाम रहेको एम्वूलेन्स नगर कार्यपालिकाको कार्यालयबाट तयारी अवस्थामा राखिएकोमा हालसम्म उक्त एम्वूलेन्सबाट सेवा लिएकोहरुको विवरण संकलन गरी पेश गर्न क्वारेन्टाइन सञ्चालन भएका वडका वडा अध्यक्ष र विपद व्यवस्थापन समितिका संयोजकलाई जिम्मेवारी प्रदान गर्ने साथै उक्त एम्वूलेन्स प्रयोग गरे वापतको रकम संस्थाले दूरीको आधारमा निर्धारण गरेको भाडाका आधारमा भूक्तानी गर्ने र लकडाउनको अवधिभर एम्वूलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here