झापामा भिडियो कन्फ्रेन्सबाट पठनपाठन

0
623

भद्रपुर,

झापामा पहिलोपटक भद्रपुरमा विद्यार्थीहरुका लागि अनलाइन मार्फत भिडियो कक्षा सञ्चालन गरिएको छ । भद्रपुर–१० को विभूति विद्या मन्दिरले शिक्षकसँग बहुपक्षीय सम्वाद हुने गरी कक्षा ११ र १२ का विद्यार्थीहरुलाई भिडियो कन्फ्रेन्समार्फत शिक्षण सुरु गरेको हो ।

बन्दाबन्दीमा विद्यालय बन्द रहेको र घरमै बस्न बाध्य विद्यार्थीहरुलाई परीक्षाका लागि तयार गराउनुपर्ने भएको हुँदा इन्टरनेट प्रविधिको प्रयोग गरी ई–कक्षा सञ्चालन गरिएको विद्यालयका निर्देशक पुरुषोत्तम लम्सालले बताउनुभयो ।

उहाँका अनुसार पहिलो ई–कक्षामा ३० जना विद्यार्थी प्रत्यक्ष रुपमा जोडिएको र अझ बढीलाई समेटेर कक्षालाई निरन्तरता दिइने भएको छ ।

मोवायल र ल्यापटपमा जुम एप डाउनलोड गरेर भिडियो कन्फ्रेन्समार्फत शिक्षण गरिएको हुँदा यसमा सहभागी हुन विद्यार्थीहरुलाई सजिलो हुन्छ भने दोहोरो सम्बादका कारण शिक्षण कार्य प्रभावकारी हुने शिक्षक निकाश पाण्डेले बताउनुभयो ।

चैत २६ गते सुरू भएको ई–कक्षा हाल विहान र बेलुका गरी दुई समयमा दुई घण्टाका दरले सञ्चालन गर्न थालिएको छ । बन्दाबन्दी बढ्दै गए अन्य कक्षाका विद्यार्थीका लागि समेत यस प्रविधिमार्फत शिक्षण गर्ने तयारी भइरहेको निर्देशक लम्सालले बताउनुभयो ।

ई–कक्षामा सहभागी विद्यार्थी अश्विन खनालले इनटरनेट प्र्रविधिमार्फत प्रत्यक्षरुपमा हुने पढाई शान्त, रमाइलो र लाभदायक अनुभव भएको बताउनुभयो । विद्यालयका प्रिन्सिपल गोविन्द लम्सालले शिक्षक र विद्यार्थीको अनुभवका आधारमा ई–कक्षालाई अझ प्रभावकारी तुल्याइने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here