पाँचथर ।
पूर्वी पहाडी जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।
लकडाउनका कारण आपूर्ति व्यवस्था सहज नहुँदा एक साता यता पेट्रोलियम पदार्थको अभाव भएको पेट्रोल पम्प संचालकहरुले बताएका छन् ।
आयल निगमको प्रदेश कार्यालय विराटनगरले इन्धन उपलब्ध नगराएको तथा लकडाउनका कारण ट्ंयाकर चालकहरुले भारतबाट पेट्रोलियम पदार्थ ल्याउन सकेका छैनन् ।
कालोबजारी गर्नेहरुले भने चर्को मूल्यमा बिक्रि गरिरहेको उपभोक्ताको गुनासो छ ।































