झापाका अगुवा राजनीतिज्ञ ओडारीको निधन

1
1169

विर्तामोड ।

झापाका अगुवा राजनीतिज्ञ , यातायात तथा पेट्रोलियम व्यवसायी लक्ष्मीप्रसाद ओडारीको ८१ वर्षको उमेरमा मंगलवार निधन भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका संस्थापक मध्येका एक ओडारी लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याबाट पीडित थिए ।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका पूर्व अध्यक्ष , जिल्ला पञ्चायत झापाका कार्यवाहक सभापति , सतासी गाउँ पञ्चायतका उपप्रधानपञ्च, लक्ष्मी आयल्स पम्पका सञ्चालक , आरती बुद्ध वस सेवाका सञ्चालक , कनकाई यातायात संघका सल्लाहकार , ओडारी वन्धु सेवा समाजका सल्लाहकार , ध्रुवतारा आवासीय मावि, दुधेका संस्थापक लगायत विभिन्न संघ संस्थामा आवद्ध थिए ।

बिर्तामोड १ मा खाद्य संस्थान पूर्व निवासी ओडारीको श्रीमतीको १८ वर्षअघि निधन भइसकेको बताइएको छ । उनका पाँच जना छोरा–वुहारीहरु केदारनाथ – रुपा , भोला –रश्मी, दिपेन्द्र– चण्डिका , दिलिप – सुजाता, टीका – कल्पना ओडारी रहेका छन् । त्यस्तै दुई जना छोरी ज्वाईंहरु रमा–विनेश रिजाल, निर्मला–सरोज कँडेल रहेका छन् ।

त्यस्तै १० जना नाती नातीनी र २ जना पनाती पनातीनी रहेका छन् । उनका छोराहरुमध्ये केदारनाथ यातायात व्यवसायी हुन् भने भोला स्वामी आनन्द अरहत नामले परिचित छन् । उनी ओशो तपोवनमा ओशो ध्यान प्रचारक समेत रहेका छन् ।

त्यस्तै उनका छोरामध्ये टीका इलामस्थित कन्याम इन होटलका सञ्चालक हुन् भने उनी होटल व्यवसायी संघ इलामका पूर्व अध्यक्ष समेत हुन् । स्व. ओडारीको बुधवार जातिय परम्परा अनुसार कनकाई आर्यघाटमा दाहसंस्कार गरिएको उनका भाई भरत ओडारीले जानकारी दिए ।

1 COMMENT

  1. श्रीप्रसाद खरेल,शिवसताक्षी ११ दूधे झापा

    लक्ष्मी प्रसाद ओडारी साधा जीवन र उच्च विचारका धनी हुनुहुन्थ्यो।दु:खलाई नजिकबाट बुझ्नुभएका उहाँ मानवीय गुणलेयुक्त भएको मेरो बुझाई छ।आर्थिकरुपले विवादमा नपर्नु नै विशालता हो।उहाँको निधनले ओडारी परिवारले मियो गुमाएको छ भने समाजले एक निडर,स्पष्टवक्तालाई गुमाएको दु:खपूर्ण घडीमा मृतात्माको चिर शान्तिको कामनासाथ शोकाकुल परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here