काेभिड १९ : पाँच लाख ९ हजारभन्दा धेरै निकाे भए

0
533

काठमाण्डाै,

विश्वका विभिन्न देशमा पाँच लाख ९ हजारभन्दा धेरै कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित निको भएका छन् । अहिलेसम्म दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरसकाे सङ्क्रमण फैलिँदा २० लाख ७७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जसमध्ये पाँच लाख ९ हजार ७ सय ४१ जना निको भएकाे वल्डाेमिटरले जनाएको छ । १४ लाख ३३ हजारभन्दा धेरै मानिसको उपचार भइरहेकाे छ भने एक लाख ३४ हजारभन्दा धेरैकाे ज्यान गएको छ ।

गएको २४ घण्टामा मात्रै विश्वका विभिन्न देशमा सात हजार सात सयभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा मात्रै झण्डै दुई हजार पाँच सय जनाको ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण २८ हजार पाँच सयभन्दा धेरैकाे ज्यान गएकाे छ भने ६ लाख ४३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २१ हजार ६ सयभन्दा धेरै, स्पेनमा १८ हजार सात सयभन्दा धेरै, फ्रान्समा १७ हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा गएको २४ घण्टामा एक हजार चार सयभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय नाघेको छ भने १२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here