बिर्तामोड नगरपालिकालाई तक्षशिलाद्धारा ५१ हजार प्रदान

0
1529

बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापना कोषलाई तक्षशिला एजुकेशन फाउण्डेशन बिर्तामोडले ५१ हजार रुपैयाँ प्रदान गरको छ ।

फाउण्डेशनकी अध्यक्ष पूजा गिरी तथा प्रिन्सिपल श्रद्धा गिरी (बोहोरा)को अध्यक्षतामा वसेको वैठकको निर्णय अनुसार शुक्रवार फाउण्डेशनका सञ्चालक दीपक गिरी र मनिष गिरीले नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोषका लागि रकम हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी नेपाल शिक्षक महासंघ बिर्तामोड नगर समितिले ८ वटा बिद्यालयबाट संकलित २ लाख ९० हजार ९ सय ५८ रुपैयाँ कोषलाई प्रदान गरेको छ ।

बिर्तामोडको देवी मावि, महेन्द्र रत्न मावि, मोहनमाया मावि, वीरअमरसिंह प्राविधिक मावि, सरस्वती मावि, साङ्गवेद संस्कृत मावि, लक्ष्मी आधारभूत बिद्यालय र चरमधाप आधारभूत बिद्यालयबाट रकम संकलन गरी हस्तान्तरण गरेको हो ।

महासंघका नगर अध्यक्ष युवराज कट्टेलले नगर प्रमुख शिवाकोटी र प्रशासकीय अधिकृत पशुपति खतिवडालाई रकम हस्तान्तरण गरेका थिए ।


नगरले स्थापना गरेको कोषमा नगद र बस्तुगत सहयोगसहित एक करोड १४ लाख ८२ हजार ४ सय २ रुपैयाँ जम्मा भएको छ भने नगरको ५० लाखसहित कोषमा नगर एक करोड ६ लाख ८९ हजार ४ सय २ रुपैयाँ जम्मा भएको नगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here