बाठा कैदी जसले चीनमा कोरोना देखिने बित्तिकै गुगल सर्च गरेर कोरोनाबाट बच्ने उपाय अवलम्बन गरे

0
1136

अनिल वाग्ले/ झापा।

बिश्वब्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सामाजिक दुरि कायम गर्नुपर्ने भएपनि क्षमता भन्दा झण्डै ३ गुना बढी कैदि बन्दी भएका कारण जिल्ला कारागार झापामा सामाजिक दुरि कायम नै नगरी कैदी बन्दी कोरोना भाइरसबाट वचन सतर्कता आपनाएर बस्न बाध्य छन् ।

पुरुषका लागी ३सय ५० क्षमताको बस्ने ठाँउ भएकोमा १हजार ४० कैदी तथा महिलाको लागि ५० क्षमताको बस्ने ठाँउ भए पनि ८४ जना बस्नुपर्ने बाध्यता रहेको कारागारले जनाएको छ ।

क्षमता भन्दा बढी कैदी भए पनि त्यहाँ चीनमा कोरोना भाइरस देखापर्ने बितिकै सतर्कता अपनाउन थालिएको कारागारका प्रमुख चौकिदार मोहन धितालले बताउनु भयो । कोरोना भाइरसबाट बच्न विभिन्न सतर्कता अपनाउने गरेको उहाँको भनाइ छ ।

क्षमता भन्दा बढी कैदी भए पनि उनीहरुमा कोरोना संक्रमणलाई लिएर कुनै स्वास्थ्य समस्या नरहेको कारागारका डा. बलदेब साहले बताउनुभयो । चीनमा कोरोनाको संक्रमण देखा पर्नासाथ त्यहाँ पुण सतर्कता अपनाइएको कारागारले जनाएको छ ।

नियमित साबुन पानीले हात धुने, सीनिटाइजरको प्रयोग गर्ने, नयाँ कैदीलाई भित्र लानु अघि नुहाएर नयाँ कपडा फेरेर मात्र भित्र पसाउने गरिएको धितालले बताउनु भयो । कैदी बन्दीले सुरुबाट नै गुगलमा सर्च गरेर सवधानीका कुरा अवलम्बन गरेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here