दमक,

झापाको दमक – ३ का ६२ वर्षीय वृद्धमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि दमक नगरपालिकाले उच्च सतर्कता अपनाइएको छ । पालिकाले सतर्कता अपनाउन र घरमै बसिदिन नगरवासीसँग अनुरोध गरेको छ । मेयर रोमनाथ ओलीले नगरमा एक जनामा संक्रमण देखिएकाले ‘कन्ट्याक्ट ट्रेसिङ’ लगायतका कार्य थालिसकेको जानकारी दिए ।
एक महिना अघि यूएईबाट आएका ३४ वर्षीय छोरामार्फत कोरोना भाइरस बुबामा सरेको देखिएकाले कन्ट्याक्ट ट्रेसिङ जटिल हुने देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । ‘घरका आमा, बुबा, छोरा र उहाँकी श्रीमतीलाई र्यापिड परीक्षण गरिए मध्ये श्रीमतीबाहेक तीनै जनालाई पोजिटिभ देखियो’, स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईका अनुसार पीसीआर परीक्षण आमा र छोराको नेगेटिभ आएको हो ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चारै जनाको पीसीआर परीक्षण गरिएको थियो । त्यसमा बुवाको मात्र पोजेटिभ रिपोर्ट आएको छ । कोरोना संक्रमित वृद्ध डाइबेटिजका रोगी थिए । त्यसैले आमाछोरामा कोरोनाको संक्रमण तेस्रो चरणमा पुगेर निष्क्रिय भएपनि बुवामा एक्टिभ भएको हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।
स्वास्थ्य कार्यालयका फोकल पर्सन चापागाईंका अनुसार संक्रमित व्यक्तिले हिँडेको ठाउँको पहिचान गरेर विभिन्न व्यक्तिको पनि स्वाब परीक्षणका लागि धरान पठाउने तयारी भइरहेको छ । त्यसका लागि चार सय जनाभन्दा बढीको स्वाब संकलन गरिने उनले जानकारी दिए ।
यसैविच कोरोना संक्रमण पुष्टि भएका ६२ वर्षीय वृद्धको घरमा बुधबारमात्र मरिमराउको सुद्धाइँको काम सकिएको जनाइएको छ । संक्रमण पुष्टि भएका वृद्धको सासुआमाको १२ दिनअघि निधन भएको थियो । आमाको निधन भएपछि संक्रमित वृद्धकी श्रीमती र दिदी सासु दमकस्थित उनको घरमा किरियामा बसेका थिए ।
दिदी सासु इटहरीको हाँसपोसाबाट दमकस्थित उनको घरमा आएर किरियामा बसेकी थिइन् । काममा बस्ने क्रममा उनको घरमा हाँसपोसाबाट दिदीसासुसहित २, दमक नगरपालिका ६, ७ र ९ नम्बर वडाबाट ४÷४ जनासहित करीब ३५ जना आफन्त आएका थिए । संक्रमित पुष्टि भएका वृद्धका छोरा एक महिनाअघि दुबईबाट घर फर्किएका थिए ।






























विदेश बाट आएकाहरुको त अबcompulsory फेरि check गरेमात्र corona न्युनिकरण होला नभए के होला भन्न सकिन्न किनकि 30-40दिनपछि बल्ल coronako लक्षण देखिएको छ, त्योबिचमा कति ठाउँ, कति व्यक्ति सँग सम्पर्क भयो के थाहा