झापा ,

झापा कारागारमा रहेका कैदीबन्दीलाई कोरोना भाईरस लाग्नबाट बचाउन विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।
मेघा मार्केट विर्तामोडमा रहेको स्मार्ट सुलुशन र विर्तामोड राउण्ड टेवल २७ ले एक कार्यक्रम गरि सेनिटाईजर, ग्लोव्स, प्रेशर नाप्ने मेशिन, लगायतका स्वास्थ्य सामग्री स्मार्ट सुलुशन र विर्तामोड राउण्ड टेवल २७ विर्तामोडले झापा कारागारका जेलर राजेन्द्र राजेन्द्र निरौलालाई हस्तान्तरण गरको हो ।
लामो समयको लकडाउनले विभिन्न स्वास्थ्य सामग्री अभाव भए पछि कारागारमा रहेकाहरुलाई सामान उपलव्ध गराएको स्मार्ट सुलुशनका प्रोपाईटर कमल सिग्देलले बताए । यसै गरि राउण्ड टेवलका सदस्य दिपक मित्तलले विभिन्न सामाजीक काम मध्ये लकडाउनमा स्वास्थ्य सामग्री हस्तान्टरण गरेको बताए ।
झापा कारागारमा अहिले ११ सय ७० कैदी बन्दी रहेका छन् । जुन ३ सय ५० जनाको क्षमता रहेको कारागारमा यस खालको सामग्रीको अति आवश्यक रहेको हुदा प्राप्त स्वास्थ्य सामग्रीले जेलमा रहेका कैदीवन्दीलाई ठूलो राहत पुग्ने जेलर राजेन्द्र निरौलाले बताउनु भयो ।
यस अघि प्रदेश नं. एक सरकार र पाँचथर सरोकार मञ्चले कोरोना भाईरसबाट वच्नको लागि विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको थियो ।






























