मिर्गौला रोगीका लागि निःशुल्क एम्बुलेन्स सेवा

0
987

पोखरा,

पोखरा महानगरपालिकाले महानगरभित्रका मिर्गौला रोगीलाई नियमित उपचारका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।

कोरोना भाइरसका कारण बन्दाबन्दी भएपछि आफ्नो नियमित जाँचबाट बञ्चित हुन पुगेका बिरामीको स्वास्थ्य अवस्थालाई ध्यान दिएर निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक रामराज लामिछानले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले सबैको ध्यान कोरोना सङ्क्रण रोकथाममा मात्र केन्द्रित छ, जसले गर्दा मिर्गौला रोगका बिरामी नियमित जाँचबाट बञ्चित हुनुपरेको अवस्थालाई ध्यान दिएर निःशुल्क एम्बुलेन्स सञ्चालन गरेका हौँ ।” उहाँले महानगरका ३३ वटै वडामा निःशुल्क एम्बुलेन्स सेवा रहेको र त्यसको भाडा महानगरले बेहोर्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार महानगरमा कति मिर्गौला रोगी छन् भन्नेबारेमा वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले तथ्याङ्क सङ्कलन गरिरहेका छन् । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा वैशाख ६ गते बसेको बैठकले मिर्गाैला पीडित बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको वडा नं ९ का अध्यक्षसमेत रहनुभएका संयोजक लामिछानेले जानकारी दिनुभयो । हाल महानगरका विभिन्न वडाबाट ८० बिरामीले आफूलाई पायक पर्ने अस्पतालबाट डायलालिस गराएको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here