गोलियासहित पिकअप वरामद

0
659

सुरेन्द्र भण्डारी
विर्तामोड,साउन १६ । झापाको बुधबारेबाट प्रहरीको गस्ती टोलीले आज दिउंसो चेक जाचंको क्रममा करिब ४५ क्यूविफट सखुवाको गोलिया काठ बरामद गरेको छ ।
बुधबारे ९ स्थित पुलचोकमा चेक जाचंकको क्रममा गस्ती टोलीले मे १ ज २३४ नम्बरको पिकअप भेनमा लोड गरेको कांचो अबैध सखुको गोलिया बरामद गरेको हो ।

प्रहरीको गस्ती टोलीलाई देख्न वित्तिकै चालक तथा अन्य ब्यक्ति फरार रहेको र गाडी तथा काठलाई भने आवश्यक कारबार्हीका जिल्ला वन कार्यालय झापामा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अवैध तवरले काठको चोरी तस्करी बढ्न थालेको गुनासो आएपछि प्रहरीले निग्रानी बढाएको छ । उता मनकामना सामुदायिक वन उपभोक्ता समिति राजगढवाट साखु जातको काठ चोरी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले ट्याक्टर सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजगढ–६ निवासी रोमन श्रेष्ठ रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय राजगढवाट खटिएको विषेश टोलीले गोग्य सूचनाका आधारमा पक्राउ गरेको अस्थायी प्रहरी चौकी कुटीका प्रहरी सहायक निरीक्षक सत्यनारायण शाहाले जानकारी दिनुभयो । मे १ त ३६१४ नम्वरको ट्याक्टरमा चारवटा साखुजातको काठ राजगढ तर्फ ल्याउदै गर्दा प्रहरीले सो काठ सहित श्रेष्ठलाई पक्राउ गरेको वताइएको छ । पक्राउ परेका श्रेष्ठ र काठ वोक्न प्रयोग गरिएको ट्याक्टर सहित काठ इलाका वन कार्यालय सुरुङमा राखिएको जिल्ला वन कार्यालय झापाका सहायक वन अधिकृत देवनारायण झाले जानकारी दिनुभयो ।