कोरोना कोषमा २ अर्ब १३ करोड जम्मा

0
568

काठमाडौं,

सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई अर्ब १३ करोड ११ लाख रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सरकारी सङ्घसंस्था वा निकायबाट सहयोग आउने क्रम जारी छ। पछिल्लो पटक अम्बे स्टिलले २५ लाख, सगरमाथा इन्स्योन्स कम्पनीले १६ लाख, नेपाल इँटा उद्योग महासङ्घले पाँच लाख कोषमा जम्मा गरेका छन्।

यस्तै नेपाल निजामती कर्मचारी सङ्गठन, अर्थ विभागीय कार्यसमितिले रु दुई लाख एक हजार १११, क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले एक लाख ६८ हजार ४५३, डिभिजन वन कार्यालय सल्यानले एक लाख ६२ हजार ५०५, चामुन्द्रा विन्दासैनी नगरपालिकाले एक लाख ५८ हजार १३३ जम्मा गरेको छ भने र भीमप्रसाद भट्टराईले एक लाख ३१ हजार १३१ रकम कोषमा जम्मा गरेका छन्।

नाम नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाको ४६ लाख ५९ हजार २८३ रकम जम्मा भएको प्रवक्ता पौडेलले जानकारी दिए। सरकारले गत चैत १० गतेदेखि राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामा उपचार कोष खाता सञ्चालनमा ल्याएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here