इलाममा खोलाले बगाएर एक बालकको मृत्यू

0
1154

इलाम,

सोमबार दिउँसो इलामको फाकफोकथुमस्थित फाकफोक खोलाले बगाएर एक बालकको मृत्यू भएको छ ।

मृत्यू हुनेमा फाकफोकथुम गाउँपालिका वडा नम्बर ३ आमचोक रातमाटेका १३ वर्षीय मनिस थेगिम रहेको फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरु) ले जानकारी दिइन् ।

साथीहरुसँग पौडी खेलिरहेका थेगिमलाई अचानक माथिबाट आएको बाढीले बगाएरको थियो ।

बाढिले बगाएको थाहा पाएका सथीहरुले स्थानीयलाई खबर गरेपछि स्थानीय र प्रहरीले खोजतलास गरेको थियो । खोजतलासका क्रममा थेगिमको शव घटना भएको स्थानदेखि करिब ३ किलोमिटर तल मृत अवस्थामा फेला परेको थियो ।

उनको पोष्टमार्टमका लागि पाँचथरको रवि अस्पताल लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here