मानवअधिकार अवस्थाको अनुगमन

0
471

काठमाडौँ,

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीका समयमा मानवअधिकारको अवस्थाका बारेमा अनुगमन शुरु गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ अध्यक्ष शन्तराम बिडारी, काठमाडौँ जिल्ला वार एशोसिएशनका अध्यक्ष जगदीश घिमिरे र गैह्रसरकारी संस्था महासङ्घ काठमाडौँका अध्यक्ष प्रदीप डङ्गोल रहेको अनुगमन समिति गठन गरी राष्ट्रिय मानवअधिकार आयोगले दिएको कार्यादेशबमोजिम काठमाडौँ जिल्लामा पनि मानवअधिकार अनुगमन गरिएको हो ।

महासङ्घ काठमाडौँका अध्यक्ष बिडारीले काठमाडौँ महानगरपालिकासहित अन्य १० वटै नगरपालिकामा सरकारबाट भइरहेको कार्य, स्वास्थ्य उपचारको अवस्था, आम उपभोक्ताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहँुच, नागकिका कर्तव्यलगायत कोभिड–१९ बाट प्रभावित अन्य मानवअधिकारको अवस्थाको अनुगमन गरिएको बताउनुभयो ।

समितिले आफ्ना विभिन्न संयन्त्रमार्फत अध्ययन, अनुगमन र सहजीकरण गरिरहेको भन्दै उहाँले अनुगमनबाट स्थानीयस्तरमा देखिएको समस्या सहजीकरणका लागि आयोगसँग सम्पर्क–समन्वय गरिएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here