ढकाल दम्पतीले गरे आर्थिक सहयोग

0
1085

बुधबारे ।

झापाको बुद्धशान्ति गाउँपालिकाले लकडाउनमा अतिविपन्न परिवारकालागि खाद्यान्न लगायतका आवश्यक सामाग्री वितरण गर्न स्थापना गरेको विपत ब्यवस्थापन कोषमा ढकाल दम्पतीले आर्थिक सहयोग गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९) ले विश्वमा महामारीको रुप लिएर जनजीवनमा पु¥याइरहेको मानविय क्षतिसँगै सरकारले गरेको लकडाउनबाट ब्यवसाय र रोजगारी गुम्न जाँदा जनजीविकामा देखापरेको जटिलतालाई न्युनिकरण तथा कोही पनि भोकै बस्न नपरोस् भनी आर्थिक सहयोग गरेको बताइएको छ । बुद्धशान्ति गाउँपालिका—३ का कृष्णप्रसाद ढकाल र मञ्जुश्री ढकाल दम्पतीले १५ हजार रुपैंया आर्थिक सहयो गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष रमेशकुमार भूजेल, उपाध्यक्ष श्रीमिरा भूर्तेल, कार्यकारी प्रमुख इन्द्र चापागार्इं र वडा नं.२ का वडाध्यक्ष दिलिप श्रेष्ठको उपस्थितिमा राहतकोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको कृष्णप्रसाद ढकालले जानकारी दिए । यस्तै बुद्धशान्ति गाउँपालिकाले लकडाउनमा अतिविपन्न परिवारकालागि खाद्यान्न लगायतका आवश्यक सामाग्री वितरण गर्न स्थापना गरेको विपत ब्यवस्थापन कोषमा “ढकालबन्धु हित तथा वंशावली एकिकृत समाज” शाखा बुद्धशान्तिले आर्थिक सहयोग गरेको छ ।

“ढकालबन्धु हित तथा वंशावली एकिकृत समाज” शाखा बुद्धशान्तिका अध्यक्ष कृष्णप्रसाद ढकाल र कोषाध्यक्ष त्रिभूवन ढकालले ११ हजार रुपैंया कोषमा जम्मा गरेको बताइएको छ । गत चैत ११ गतेबाट भएको लकडाउनको कारण विपन्न वर्गका मानिस समस्यामा पर्दै गएको र हुनेले सहयोग गर्नुपर्छ भन्ने भाव जगाउन पनि आफुहरुले थोरै भएपनि आर्थिक सहयोग गरेर सबैलाई आपसी सद्भाव तथा सहयोगको भावना जागृत गराउन प्रेरणा मिलेस भनेर गाँउपालिकाको कोषमा सहयोग गरेको ढकालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here