कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

0
1031

काठमाडौं,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्य समिति बैठक आज बस्दैछ।

बैठकमा पार्टीभित्रको आन्तरिक विषय र सरकारका पछिल्ला गतिविधीबारे छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

दिउसो २ बजे बस्ने बैठकमा सरकारले गत बैशाख ८ गते राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई विवादास्पद अध्यादेश जारी गरेलगत्तै यसवारे छलफल गर्न भन्दै कांग्रेसले केन्द्रिय समितिको बैठक आह्वान गरेको थियो।

चौतर्फी विरोधपछि सरकारले दुवै अध्यादेश फिर्ता लिएर खारेज गरेपछि यस विषयमा छलफल गर्नुपर्ने आवश्यकता नभएकाले बैठकको पुर्व निर्धारित एजेन्डाहरु फेरिएको प्रवक्ता शर्माले बताए।

बैठकमा कोरोना भाइरसको रोकथाम,नियन्त्रण र उपचारका लागि सरकारले गरेका कामको समिक्षा हुने कांग्रेसले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here