वाग्मती प्रदेशद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री

0
913

बनेपा,

वाग्मती प्रदेश सरकारले नेपाल पत्रकार महासङ्घमार्फत बन्दाबन्दीका बेलामा स्थलमा खटिएका पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा तथा महासङ्घका वाग्मती प्रदेश उपाध्यक्ष यदुनाथ गौतम र महासचिव कृष्ण सारु मगरले मङ्गलबार संयुक्तरूपमा महासङ्घका जिल्ला अध्यक्ष मोतीराम तिमल्सिनालाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।

कोरोना सङ्क्रमण रोकथाम गर्न जारी बन्दाबन्दीको समयमा समाचार सङ्कलनका लागि खटिएका पत्रकारलाई सम्झेर प्रदेश सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले आत्मबल बढेको अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here