काठमाडौं,

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा निधन भएको छ।
अधिकारीको बिहीबार काठमाडौंमा निधन भएको उनको पारिवारले जनाएको छ। उन पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको अधिकारीकी कान्छी छोरी अल्पना रेग्मी बताइन्।
रेडियो नेपालको प्रथम गायिका अधिकारीले विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रान्तिका गीत गाएकी थिइन्।
उनलाई सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा बाटो नै निधन भएको थियोे । उनका दुई छोरी र एक छोरा छन्।





























