सुनसरी।

सुनसरीको ईटहरी –९ ओसेनपार्कमा रहेको प्रमोद मोटस्स ग्यारेजमा आगलागी भएको छ ।
बिहीबार राती रबिन्द्र खड्काले संचालन गर्दै आएको उक्त ग्यारेजमा अचानक आगलागी हुँदा तीन वटा कार जलेर नष्ट भएको छ ।
ग्यारेजमा बनाउनका लागी राखिएको बा २ च ३८७८ नम्बरको, को २ च ८८०३ र को २ झ १४२९ नम्बरको कारमा आगो सल्कदा तीन वटै कार जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
आगो प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।





























