रुकुमपूर्व ।
विश्वभरि महामारीका रुपमा फैलिरहेको कोभिड –१९ का कारण स्थगित खोप अभियान पुनः शुरु भएको छ । बन्दाबन्दीको कारण एक महिनादेखि स्थगित बालबालिकालाई दिइने नियमित खोप अभियान शुरु भएको हो ।
नियमित रुपमा दिइँदै आएको बिसिजी, डिपिटी, पोलियो, हेपाटाइटिस, रुबेला, दादुरालगायत खोप रोकिँदा बालबालिकामा अर्को समस्या देखापर्ने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनानुसार खोप शुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोभिड –१९ को संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीलाई मास्क र पञ्जा लगाई सुरक्षित तवरले खोप लगाउन आग्रह गरिएको कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताउनुभयो । एकतीस वडा रहेको तीन गाउँपालिकाकाका विभिन्न स्वास्थ्यचौकीबाट खोप अभियान शुरु भएको जनाइएको छ ।





























