उदयपुरमा क्वारेन्टाइनभित्रै युवाले गरे आत्महत्या

0
989

उदयपुर ।

क्वारेन्टाइनमा बसेको एक सातापछि उदयपुरको रौतामाई गाउँपालिका ७ गुराँसेका एक युवाले बिहीबार राती आत्माहत्या गरेका छन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले झुण्डिएर आत्महत्या गरेका हुन्।

गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार प्रेम विवाह गरी काठमाडौं पुगेका विक यही बैशाख ११ गते घर फर्किएपछि क्वारेन्टाइनमा राखिएको हो । श्रीमतीसँग एउटै कोठामा बसेका विकले राती श्रीमती सुतिसकेपछि सलमा पासो लागि आत्महत्या गरेको प्रहरीले जनाएको छ।

आत्महत्या गर्नुको कारणले खुलि नसकेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिले भने उनीहरुबीच नियमित झगडा हुँदै आएको जानकारी दिएको एसपी बुढामगरले जानकारी दिए। क्याम्पसको क्वारेन्टाइनमा गाउँपालिकाले ८ जनालाई राखेको अध्यक्ष खड्काले बताए। अन्नपूर्णबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here