विमल दहाल,
माई इलाम
कोरोना भाईरस रोकथामका लागि माई नगरपालिकामा बनाईएको क्वारेन्टाईनको आज इलामको प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुले अनुगमन गरेका छन ।

गरुवा बहुमुखि क्याम्पस दानाबारीमा रहेकोे १५ क्षमताको क्वारेन्टाईनको आज अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद सेडाईले क्षमता बिस्तार गरी ५० बेड क्षमताको क्वारेन्टाईन बनाउन निर्देशन दिनुभयो । क्याम्पसको परिसरमा थप बेड बिस्तर गर्न निर्देशन दिदै प्रजिअ सेडाईले थप व्यवस्थित बनाउन माई नगरपालिकालाई निर्देशन दिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिनुभयो । माईका मेयर दिपक कुमार थेबेले माई नगरपालिकाको क्वारेन्टाईनलाई थप ब्यवस्थित बनाउन कार्य गर्ने बताँउनुभयो । गरुवा बहुमुखि क्याम्पस माईको क्वारेन्टाईन जिल्लाकै नमुना रहेको बताँईएको छ ।
माई नगरपालिकाको संस्थागत क्वारेन्टाईनमा १८ जना, होम क्वारेन्टाईनमा १ सय ८६ जना र आरडिटी परिक्षण गरेका ४९ जना रहेको स्वास्थ्य शाखा प्रमुख कट्टेलले जानकारी दिनुभयो ।
जिल्लाका सबै स्थानीय तहमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुले क्वारेन्टाईनको अनुगमन गर्दै रहेको श्रोतले बताँएको छ ।






























