दिलकुमार लिम्बू
ताप्लेजुङ ,
गत हप्ता ताप्लेजुङको खाद्य संस्थानमा चामल सकिएको एक हप्तामा एक हजार क्वीटल चामल सोवार तापलेजुङ आई पुगेको छ । मंलबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ र खाद्य संस्थान ताप्लेजुङको समवन्य भएपछि त्तकालको लागि विक्रि वितरण गर्न रोक गने निर्णय गरेको छ ।

लक डाउन भए पछि खाद्य संस्थानमा चामामको माग बढेकोले यस आर्थिक वर्षकोे एक हाजर क्वीटल चामल गत हप्तामै सकेको र अहिले आएको चामल आर्थिक वर्ष ७७÷७८ को लागी आएकोले तत्काल विक्रीवितरण नगर्ने जिल्ला प्रशासन र खाद्य संस्थाविच सहमती भएको ताप्लेजुङका खाद्य संस्थानका कार्यालय प्रमूख तुलमाया लोवारले जानकारी दिनु भयो । ताप्लेजुङ जिल्लाको लागि दुई हजार क्वीटल कोटा भएको अहिले काटिएर एक हजार क्वीटल कोटा मात्र आउनु भएकोले जिल्लामा पुर्याउनै मुस्किल भएको लोवाले बताउँनुभयो ।
आपत्काली समय तथा जिल्ला प्रशासनको सिफारिसमा मात्र विक्रि वितरण गर्ने सहमती भएको लोवाले जानकारी दिनु भयो । अहिले फुङलिङ नगर पालिकाले ७५ क्वीटल फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ लेलेप ५० क्वीटल मेरिङदेन गाउँपालिकाले ५० क्वीटल र मिक्वाखोला गाउँपालिकाले २० क्वीटल जिल्ला प्रशासनबाट सिफारिस आईसकेको संस्थानका प्रमुख लोवाले जानकारी दिनु भयो । अहिले खाद्य संस्थानले चामलमा १० प्रतिशत छुट दिएको लोवाले जानकारी दिनु भयो । सोना मनसुली चामल ३९ रुपैयाँ ७० पैसा र जापानी चामलको मूल्य प्रतिकिलो ४२ रुपैयाँ ३० पैसा रहेको दरले विक्री वितरण हुने लोवाले जानकारी दिनु भयो ।






























