
कोपिला खड्का बस्नेत

दिउसोको चिया खाजा खाएर म घर भित्र बसिरहेको अबस्थामा बाहिर दुई महिलहरुको आवाज सुने – भाउजु बाहिर आउनुहोस् न । घरमा को आएछन् भन्दै म बाहिर आएँ । मलाई देख्नासाथ उनीहरु मध्मे एकले भनिन्– लकडाउनले साह्रै मारमा प¥यो, सब्जी खाने पैसा सापटी पाइन्छ कि भनेर यहाँ आएका हौं ? सामान्य वातचित पछि परिवारमा सञ्चो बिसन्चो र लकडाउनमा कसरी दिन बिताइरहनु भएको छ, सो को जानकारी लिँदै भीडभाडमा नजान सल्लाह सहित उनीहरुको तत्कालको गर्जाे टार्ने रुपैयाँ दिएर पठाएँ । केही दिन बित्न नपाउँदै अर्की महिला श्रीमानको मृत्यु भयो, लकडाउनमा काँही कतै काम पाइँदैन खानाका लागि सहयोग माग्दै आएकी हुँ भन्दै निन्याउरो मुख पार्दै अन्तरमनबाट सहयोगको याचना गरिन् । भोको पेट सकिनसकी सहयोग माग्न घरमै आएकी ति महिलालाई देउता समान सम्झेर पेटभरि खानेकुरा र केही राहत सामग्री दिएर पठाएँ । केही दिनपछि अर्का एक व्यक्ति विहानै सहकारी खुल्दैन पैसा चाहिएको थियो साह्रै अभर परे भन्दै निक्कै उदास मुद्रमा पैसा सापटी माग्न आएको भन्दै म कहाँ आएका थिए । म कहाँ सहयोगको हात अघि सार्दै मन जितेर माग्न आउने उनीहरु प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता आवाजहरु अहिले हरेकको घरमा र कान कानमा सधै जसो ठोक्किने गर्छन् । कारण, सरकारले दिएको राहत सामग्री अपुग नै हो । सरकारले दिएको सिमित राहत सामग्रीले यति लामो लकडाउनलाई थेग्न नसक्नु हो ।
म कहाँ सहयोग माग्न आएकालाई मैले प्रश्न सोधेकी थिए – राहत पाउनु भएन ? उनीहरुको जवाफ थियो– त्यति जाबो दाल, चामल, नून मात्रैले यतिलामो समय थेग्न सक्छ आफैले सोच्नु नि ! उत्तर सुनिनसक्दै म झस्किएँ हो पनि ।
कोरोना भाइसर कोभिड १९को महामारीको चपेटा भित्रको लकडाउन (बन्दाबन्दी)को आज ४० औं दिन पुगेको छ । जसका कारण सबै क्षेत्र ठप्प छ । भोक संन्त्रास अनि व्याकुलताले हामी आजित भएका छौं । कहिले कतिवेला यो महामारीले भयावह रुपलिने हो पत्तै छैन । अहिलेसम्म त मानिसमा संक्रमण फेला परेपनि दरिलो आत्माविश्वास स्वास्थ्यकर्मीहरुको रेखदेखले संक्रमणलाई परास्त गरेका छौं । विज्ञहरु देशभित्र अनि बाहिरबाट आवतजावत गर्ने मानिसहरुको परीक्षण बढी भन्दा बढी गर्दै संक्रमितको संख्या थाहा पाई त्यसको समाधान तिर लाग्नु पर्छ भन्छन् । यसरी हामी जनता पनि सजक र सतर्क रहन सक्ने थियौं । यतिवेला संक्रमणलाई परास्त गर्न ठूलै युद्ध हामीले लड्नुपर्ने संकेत उनीहरुको छ । हाम्रो देशको अवस्था चेपुवामा परेको छ ।
एकातर्फ यो कोभिड १९को संक्रमण हटाउनु छ । दोस्रो जनताको बढ्दै गरेको गरिबी गिर्दाे आत्मविश्वासलाई माथि उठाउनु छ । देश यस्तो विषम परिस्थितिबाट गुज्रिरहँदा सरकार भने आफ्नो राजनीतिक दाउपेचको गोटी घुमाई रहेको छ । एकाएक यस्तो गरिवी अनि भोकले आक्रान्त बनेको जनताको मलम बन्नुको सट्टा सरकारलाई अध्यादेश ल्याउने हतारो किन प¥यो ।
पार्टी व्यक्ति विपक्षी दल जनता सबै तर्फबाट विरोधको आवाजले सो विधेयक सरकारले फिर्ता लिनु प¥यो । हामी जनता जीवन रक्षा होला देश र जनतालाई पर्न जाने मारलाई समाधानको वाटो देश हाक्नेले खोज्लान भनी ढुक्क पर्नुको सट्टा अव सरकार ढल्ने खेल्ले सत्ताधारीहरु लिप्त भइरहेका छन् । यो भाग बन्डाको बानी चलिरहेको छ । देश लकडाउनको चपेटामा परिरहेको छ ।
यो बेला जनताको गरिबी र भोकलाई हेर्ने हो भने राष्ट्रिय योजना आयोगका अनुसार कूल जनसंख्या २ करोढ ९० लाख मध्ये ५४ लाख २३ हजार व्यक्ति गरिवीको रेखामुनि छन् । ति जनताले दैनिक १५२ रुपैयाँ कमाउछन् भने २२०० क्यालोरीयुक्त खाना खान्छन् । जबकि एकजना मानिसलाई दैनिक २५०० क्यालोरी चाहिन्छ । यसैपनि विश्वभर प्रचलित आयामहरुबाट मापन गरिने वहुआयामिक गरिवीको संख्या झन बढी छ । यसरी हेर्दा
नेपालमा ८२ लाख ९४ हजार मानिस गरिबीको रेखा मुनी छन् । हाल यो महामारीले अझैं कति व्यक्तिलाई महामारीको चपेटामा पार्ने हो । सबै रोजगारी, व्यापार व्यवसाय, , कृषि, पर्यटन क्षेत्र ठप्प छन् । लाखौ मानिसको रोजगारी गुमेको छ । देश भित्र मात्रै होइन देश वाहिर पनि वैदेशिक रोजगारीमा गएका युवाको रोजगारी पनि गुमेको अबस्था छ ।अझ सोच्ने हो भने समस्या ज्याला मजदुरी, रोजगारी, यातायात क्षेत्रमा दैनिक भक्तामा बाँच्नेको के हालत होला ? सरकारले एक महिना भन्दा लामो अवधि अघि वितरण गरेको ४ केजी चामल, दाल नून , एक पोका खाने तेल, एक डल्ला सावुनले यतिका दिनसम्म पुगिरहेको हाला ?
विर्तामोड नगरपालिकाको राहत वितरणकै उदाहरण लिउँ । यहाँको घरधुरी संख्या ६९६१ रहेको छ । भने परिवारसंख्या २८१८९ छ । सरदरमा एक परिवारमा ५÷६ जनाको परिवार संख्या हुन्छन् । दिनभरिका लागि खानेकुरा भनेको दाल भात नै हुन्छ । अनि पेटभरि खानु पर्दा उक्र दाल चामलले थेगी रह्रयो होला र ? यो सामान्य गणित हो । यसमा सरकारले ध्यान दिने हो होइन ? यसमा पनि सरकार एक्लो छैन ।
जहिले पनि नेपाली जनताले ऐकेवद्धता संकटकालीन अवस्थामा देखाएकै छ । अहिले स्थानीय सरकार मातहत विपन्न तथा मजदुर वर्गलाई सहयोग पुगोस भन्दै राहत स्वरुप नगद धेरै संघ संस्था,व्यक्तिगत पनि गरेका छन् । कतिपय स्थानहरुमा दाताहरुले खाना पकाएर खुवाएका छन् । हजारौं मजदुरहरु घर गन्तव्य पुग्न खोज्दा वाटामा चाउचार, पानी र खाना खुवाउनेको पनि कमी छैन । यसरी आम जनता सरकारसंग सदैव हाते मालो गरेर अगाडि बढ्छन् तर तरकार जनताको भलो भन्दा आफ्नो हितमा काम गरेको देखिन्छ ।
आजपनि जनताले नून , तेला , सागसब्जी खान पाइएन भन्दै घर दैलो सापटीको खोजीमा छन् । चामल,दाल,नून, दिएर मात्रै सबै क्यालोरी प्राप्त हुन्छ ? त्यसैले स्थानीय सरकारले ती गरिव विपन्न मजदुर वर्गलाई केही नगदको पनि व्यवस्था गरिदिन सक्नु पर्छ । यस्तो विषम परिस्थितिमा कोरोना भाइसरको मात्रै उपचार भन्दै अन्य विपन्न गरीवलाई औषधि खाने श्रोत तर्फपनि सरकारको ध्यान जान जरुरी छ । त्यसैले राहतमा सकेसम्म प्रतिपरिवारसंख्या विरामी रोगीहरुको स्थितिलाई मनन् गरी नगद राहत उपलब्ध गराउन उपयुक्त हुन्छ ।
यस पटकको राहत यदि दिने नै हो भने कुहिएको चामल , दालको सट्टा कुनै स्थान विशेषको पसलमा रुपैया जम्मा गरी जनताले उक्त रकम वरावरको खाद्य सामग्री लिन पठाउँदा अझ बढी प्रभावकारी हुन्छ । राहत वितरणमा स्थानीयदेखि केन्द्र सरकारसम्म जनता सबै हाम्रा हुन भनी पार्टी भोटर्स गणना नगरी समान रुपमा गरिनु पर्छ ।
विगत एक महिनादेखि यो कोभिड १९ को महामारी रोकथामको लकडाउनबाट संक्रमण संख्या बढेपनि निको हुनेको संख्या पनि सन्तोषजनक भइरहेको छ । यस्तो समयमा सरकारले स्वास्थ्य क्षेत्र तथा अन्य विज्ञहरुको सर सल्लाह लिई लकडाउनको स्वरुप परिर्वतन गर्ने अवस्था पनि आएको छ । लामो समयको लकडाउनको सुस्त वसाई अनि सन्त्रासले मानिसहरु जतिखेरै डर र चिन्तामा छन् । जसका कारण नन्द्र , भोक नलाग्ने, मुटुको टुकटुकी बढ्ने, बेचैन र उदाशीन हुने जस्ता मनोसामाजिक समस्या देखिन थालेको भन्ने स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । त्यसैले सरकारले विश्वका कोभिड– १९ लाई न्यून गर्न सवलदेशहरु अष्ट्रेलिया,न्यूजिल्याण्ड, दक्षिण कोरिया, चीन जस्ता देशबाट पाठ सिक्दै लकडाउन होसियारी पूर्वक खुकुलो पार्दै जानु उपयुक्त हुने हो कि ?
लेखक – अधिवक्ता हुनुहुन्छ ।
यो संग सम्वन्धित
























