झापामा बाढीले बगाएर एक जनाको मृत्यु

0
975

झापा ।

झापाको अर्जुनधारा नगरपालिका १ स्थित सातकटेरीमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।

सातकटेरीस्थित टाङटिङ खोलामा आएको बाढीले बगाएर दुर्गाबहादुर खपाङ्गी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्र तामाङका अनुसार शुक्रबार रातिको पानीका कारण सानो नेते खोलामा आएको बाढीले बगाएर शनिबार बिहान खपाङ्गीको निधन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here