ताप्लेजुङमा भएको आगलागीमा साढे सात करोडको क्षति

0
1180

दिलकुमार लिम्बू 

ताप्लेजुङ,

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति भएको आगलागीमा साढे सात कारोड रुपैयाँ बरावरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीमा परी आठ घर जलेका छन् । आगलागीका कारण ७ करोड ६५ लाखा ७५ हजार ७ सय रुपैयाँ बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


फुङ्लिङबजारको माथिल्लो रोडस्थित पुरानो बैंक लाइन ट्याक्सी काउन्टर क्षेत्रमा भएको आगलागीबाट आठ घर जलेर पूर्णरुपमा नष्ट भएको भने २९ परिवारका एक सय चौंबीस जान विस्तापित भएको छ ।

विभिन्न संस्थाको कार्यालय ११ वटा टेक्सी काउटर चार वटा जलेर नष्ट भएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ । शुक्रबार राति १० बजेबाट शुरु भएको आगलागी करिव अढाइ घण्टापछि फुङ्लिङ नगरपालिकाको वारुणयन्त्र, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको थियो । जानकारीअनुसार टेकबहादुर लेछर्बो, बिष्णु केसी, अमृत कार्की, खेम केसी, नेत्र कार्की लगायतको घर जलेर नष्ट भएका छन् ।

आगलागी भण्डारी खाजाघरको किचनबाट शुरु भएको स्थानीयले बताए पनि कुन घर र के कारणले आगलागी भएको हो भन्ने यकिन भई नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिनुभयो ।

पुर्नस्थापनामा पहल गर्ने प्रतिवद्धता

यसैबीच संस्कृतिपर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई र १ नम्बर प्रदेश सभा सदस्य टंक आङबोहाङले छुटा—छुटै् प्रेस विज्ञाप्ति जारी गर्दै ताप्लेजुङमा भएको आगलागि प्रति दुःख व्यक्त गर्दै पुर्नस्थापनामा आफ्नो तर्फवाट आवश्यक पहल गर्ने बताएका छन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री भट्टराईले आगलागिबाट धनमाल गुमाएका जिल्लावासी दिदीबहिनी, दाजुभाइहरुप्रति सहानुभूति व्यक्त गरेका छन्  .

‘आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधिहरु र स्थानीय समुदायबाट भएको पहलले थप क्षति हुनबाट जोगिएको छ,’ जारी विज्ञप्तिमा लेखिएको छ ‘तत्काल उद्धार र राहतको प्रवन्ध मिलाउन स्थानीय प्रशासन र स्थानीय तहलाई अनुरोध समेत विज्ञाप्ती मार्पmत अनुरोध गरेको छ ।’

मन्त्री भट्टराई र प्रदेश सभा सदस्य आङबोहाङले पुनस्र्थापनाका लागि आफ्नो तर्फवाट आवश्यक पहल गर्ने विज्ञाप्ती मार्पmत प्रतिवद्धता व्यक्त समेत गरे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here